नेपाल र भारतबीच अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगीता आज

Posted On    Author    Category खेल.

काठमाडौं । नेपाल र भारतबीच अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगीता आज हुने भएको छ । एएफसी एसियन कप २०१९ को छनौटको तयारीमा रहेको नेपालले आज भारतसँग मैदानी भिडन्त गर्न लागेको हो ।
साँझ सवा सात बजे मुम्बईको अन्धेराी स्पोर्ट कम्प्लेक्समा हुने प्रतियोगीतामा फिफा बरियतामा नेपाल भन्दा ६९ स्थान माथि रहेको भारतका बिरुद्ध फरक रणनीतिका साथ जितका लागी नेपाल मैदान उत्रिदैछ ।

मुम्बईमा सोमबार आयोजित प्रिम्याच कन्फ्रेन्समा नेपाली प्रशिक्षक ग्योतोकु कोजीले भारतसँग हुने मैत्रीपूर्ण खेल कठिन हुने बताएका छन् । पत्रकार सम्मेलनमा बोल्दै उनले भारत सँगको खेलले नेपाललाई यसमा पनि सघाउ पुग्ने बताए ।

नेपाली टोलीले चार सातादेखि तयारी गरिरहेको बताउँदै उनले फिजिकल र ट्याक्टिकल रुपमा भारत राम्रो भएपनि नेपालले कडा टक्कर दिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *