नेपाली सेनामा नवयुग श्रेष्ठको बढुवा

Posted On    Author    Category खेल.

काठमाडौं : साफ फुटबलमा उत्कृष्ट प्रदर्शन गरेका नवयुग श्रेष्ठ नेपाली सेनामा एक तह बढुवा भएका छन् । फुटबलमा गरेको प्रदर्शनकै आधारमा उनलाई सेनाले पुरस्कार स्वरुप बढुवा गरेको हो ।

उनी अमलदारबाट हवल्दार बनेका छन् । सुनसरीको पानवारीस्थित कालीबक्स गणका गणपति बसन्त खड्काले मंगलबार उनलाई हवल्दारको फुली लगाइदिएका छन् ।

अनलाइनखबरसित कुरा गर्दै नवयुगले सेनाबाट पाएको सम्मानप्रति खुशी व्यक्त गरेका छन् । उनले भने, ‘बंगबन्धु कप र साफ फुटबलको स्वर्णपदक जितेपछि मलाई संगठनबाट ठूलो हौसला प्राप्त भएको छ । भविष्यमा पनि राम्रो खेलेर सेना र देशको नाम उज्ववल पार्ने प्रयास गर्नेछु ।’

सेनामा अझै खुड्किलो उक्लिनका लागि आफ्नो टुटेको पढाईलाई पनि निरन्तरता दिने सोच नवयुगले बनाएका छन् । चााडै प्लस टु क्लियर गरेर स्नातकको पढ्ने उनको धोको छ । हाल इलामस्थित आफ्नो घरमा पुगेका नवयुग २-३ दिनपछि काठमाडौं आउने तयारीमा छन् ।

नवयुगले २०६५ सालबाट सेनाको जागीर सुरु गरेका हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *