नेपालमा भारतीय बजेटको प्रभाव: कार र लुगा महँगिने, जुत्ता सस्तिने

Posted On    Author    Category व्यापार.

काठमाडौ– भारतीय बजेटका कारण नेपालमा कार, भारतीय ब्रान्डका कपडा, र नेपालमा उडान गर्दै आएका भारतीय विमान कम्पनीको टिकट महँगो हुने भएको छ। भारतका वित्तमन्त्री अरुण जेट्लीले सोमबार आर्थिक वर्ष २०१६/१७ को बजेट प्रस्तुत गर्दै करका दरमा परिवर्तन गरेपछि कार, भारतीय ब्रान्डका कपडा र नेपालमा उडान गर्दै आएका भारतीय विमान कम्पनीको टिकट महँगो हुने भएको हो।

banner-300X250
भारतीय बजेटले भारतमा १० लाख भारतीय रुपैयाँभन्दा महँगा कारमा एक प्रतिशत कर थपेकोले नेपाली बजारमा यी कारको मूल्य बढ्ने सम्भावना रहेको हो ।

यस्तै, चार मिटरसम्म लम्बाइ भएका र १२ सय सिसीसम्म इन्जिन क्षमता भएका पेट्रोल तथा ग्यासबाट चल्ने सवारी साधनमा पनि भारत सरकारले एक प्रतिशत अन्तःशुल्क लगाएको छ । बजेटले १५ सय सिसीसम्मका डिजेल कारमा २.५ प्रतिशत र अन्य एसयुभी तथा सेडान गाडीमा चार प्रतिशत कर थपेको छ । जसका कारण नेपाली बजारमा कारको मूल्य बढ्ने सम्भावना रहेको हो ।

बजेटले एक हजार भारुभन्दा धेरै पर्ने रेडिमेड कपडामा दुई प्रतिशत अन्तःशुल्क लगाएकोले नेपाली बजारमा पाइने पिटर इंग्ल्यान्ड, विमल, मोन्टेकार्लो, रेमन्डलगायत ब्रान्डका कपडाको मोल बढ्ने भएको हो ।

यस्तै, भारतले बजेटले १५ प्रतिशतसम्म अन्तःशुल्क बढाएको भारतीय ब्रान्डका मार्लबोरो, ह्विल्स, पान मसलागायत सुर्तीजन्य पदार्थ, सिगार, तमाखु र गुट्खा पनि अब नेपालमा महँगो हुनेछ ।

भारतको बजेटले हवाई इन्धनको मूल्यमा ६ प्रतिशत अन्तःशुल्क लगाएकोले नेपालमा उडान गर्दै आएका भारतीय विमान कम्पनीको टिकट महँगिने छ । यसका कारण नेपाल वायुसेवा निगमलाई भने फाइदा हुनसक्ने देखिन्छ ।

यस्तै, भारतका जुत्ता, सौर्यबत्ती, इन्टरनेटका लागि प्रयोग हुने राउटर, ब्रोडब्यान्ड मोडेम र सेटअप बक्स, डिजिटल भिडियो रेकर्डर र सिसिटिभी क्यामेरा सस्तो हुनेछ ।

source nagariknews

Leave a Reply

Your email address will not be published. Required fields are marked *