नेपालमा फिल्म सुटिङ गर्दै हलिउड निर्देशक

Posted On    Author    Category कला.

काठमाडौं – हलिउड निर्देशकका लुदोभिक बर्नाडको ‘ला एसासिनेसन’ नामक फिल्मको सुटिङ नेपालमा गरिरहेका छन्। यो फिल्म सुटिङका लागि उनको टोलीले एक महिना नेपालमा बिताउनेछ। सुटिङ युनिटमा २५ जना रहेका छन्।

केही दिनअघि फ्रेन्च भाषाको ‘ला एसासिनेसन’ फिल्मको सुटिङ त्रिभुवन विमानस्थलमा गरिएको थियो। तीन दिनको राजधानीको सुटिङ सिध्याएर फिल्म युनिट सगरमाथा वरपरको दृश्य खिच्न लुक्लातर्फ लागेको छ।

एउटा फ्रेन्च युवाको सगरमाथा चढ्ने कथावस्तुमा फिल्म केन्द्रित छ।

हलिउड फिल्म ‘लुसी’, ‘थ्री डेज्स टु किल’ र ‘टेकन्स टु’मा सह–निर्देशकको रुपमा स्थापित लुदोभिक बर्नाडको फ्रेन्स फिल्मको सुटिङ नेपालमा सुरु भएको छ।

फिल्मलाई नेपालमा आइसफल प्रोडक्सनले सहकार्य गरिरहेको छ। ‘आइसफलले विभिन्न विदेशी र हलिउड फिल्महरुमा सहकार्य गरिरहेको छ। यो फिल्मको सुटिङमा समेत हामीले सहकार्य गरेका छौं,’आइसफल प्रोडक्सनका भिम थापाले भने।

आइसफल प्रोडक्सनले यसअघि ‘हाइवे टु धम्पुस’ नामक फिल्म निर्माण गरेको थियो।

source nagariknews

Leave a Reply

Your email address will not be published. Required fields are marked *