नेटमात्र चलाउने कि, अनलाइनबाटै पैसा कमाउने ?

Posted On    Author    Category अर्थ.

तपाईसँग पनि जाँगर र सीप छ भने घरमै बसेर अनलाइनमा पैसा कमाउन सक्नु हुन्छ । त्यसका लागि तपाईले सम्बन्धित वेभसाइटमा गएर रजिस्टर गराई आफ्नो सुविधा र समयअनुसार १ सय घण्टा काम गरेर महिनामा एक लाखसम्म कमाउन सक्नु हुन्छ । यस्ता कयौ वेभसाइट छन्, जसको माध्यमबाट तपाई बिना कुनै लगानी काम सुरु गर्न सक्नु हुन्छ । लगानीबिना पैसा कमाउनका लागि सबैभन्दा तपाई एम टर्कए, ओ डेस्क, स्क्रिप्टेड, फिभर र इलेन्सजस्ता वेभसाइटमा दर्ता हुनु आवश्यक छ। त्युसपछि तपाई जबका लागिव साइन इन गर्न सक्नु हुन्छ । साथै साइन इन गर्ने समय तपाईले इन्टरनेशनल डिजिटल वालेटमा आफ्नो नाम पनि दर्ता गराउनुपर्नेछ । रजिस्ट्रेशनको विकल्प तपाईले वेभसाइटमा साइन इन गरेपछि आउछ । यो काम काम सकिएपछि कुनै झन्जटबिना तपाईको रकम तपाईको बैंक एकाउन्टमा ट्रान्सफरका लागि गरिएको हो ।

अमेजन मेकनिकाल टर्क : एम टर्क(अमेजन मेकनिकल टर्क) एउटा मार्केट प्लेटफर्म हो । जहाँ फ्रिलान्सर र डेभलपर्सका रुपमा विजनेशसँग सम्बन्धित काम गराउने गरिन्छ । यो प्लेटफर्ममा कारोबारसम्बन्धी ससाना काम हुन्छ, जुन आलनइनमा पूरा गराइन्छ । यो सबै काम अलगअलग हिस्सामा बाँडेर गर्न दिइन्छ । र, हिटको आधारमा भुक्तानी गरिन्छ । उदाहरणका लागि एउटा शपिङ बिलबाट कुनै आइटम निकालेर एक्सेल सिटमा त्यसलाई जोड्नु । यस्तो काम पूरा गर्न तीन मिनेटभन्दा कम समय लाग्दछ । जसका लागि एम टर्कले तपाईलाई पाँच रुपैयाँ दिनेछ । अमेजन मेकनिकल टर्क डट कमका साथ काम सुरु गर्नका लागि तपाईले https://www.mturk.com मा लग इन गरेर प्रति महिना ६० हजार बढी कमाउन सक्नु हुनेछ । त्यस्तै एम टर्कले यसप्रकारको कयौ काम तपाईलाई घरमै बसेर गर्ने सुविधा प्रदान गर्दछ ।

ओ डेस्क डट कम : ओ डेस्क एउटा यस्तो प्लेटफर्म हो, जो आफ्नो ससानो कारोबारका लागि व्यक्तिगत डेभलपर्स र फ्रिलान्सरलाई जोड्ने काम गर्दछ । यदि तपाईसँग वेभ डिजाइनिङ, लोगो डिजाइनिङका साथै वर्डप्रेस वेभसाइट डेभलप र मेन्टेन जगर्ने योग्यता छ भने यो साइटसँग जोडिएर राम्रो कमाई गर्न सक्नु हुनेछ । ओ डेस्क यसप्रकारको कामका लागि ५ सय रुपैयाँ प्रतिभण्टाको हिसावले भुक्तानी दिने गर्दछ । ओ डेस्कका साथ काम सुरु गर्नका लागि तपाईले http://scripted.com मा लग इन गर्नुपर्नेछ । यहा जब एग्रीमेन्ट गरेर तपाई कमाई गर्न सक्नु हुन्छ ।

स्क्रिप्टेड डट कम स्क्रिप्टेड डट कम फ्रिलान्सर लेखकहरुको एउटा यस्तो नेटवर्क हो, जसले वेभसाइट अनरको आवश्यकता अनुसार कन्टेन्ट पोस्ट गर्दछ । यदि तपाईको अंग्रेजी राम्रो छ र क्रियटिभ राइटिङ कला छ भने पाँच सय शब्दको कन्टेन्टका लागि २५ डलरसम्म कमाइ गर्न सक्नुहुनेछ । यो नेटवर्कका साथ जोडिएर राम्रो अंग्रेजी लेखक महिनामा १ लाखसम्म कमाइरहेका छन् । तपाई पनि यो वेभसाइटसँग जोडिन चाहनु हुन्छ भने http://scripted.com मा लग इन गर्न सक्नु हुनेछ ।

फिभर डट कम : फिभर डट कम एउटा युनिक प्लेटफर्म हो । यहाँ जोडिएर तपाई राम्रो कमाई गर्न सक्नु हुन्छ । यद्यपि फिभर डट कमले यस्तो काम मात्र गराउँछ कि जुन पूरा गर्न पाँच डलरसम्म हुन्छ । यदि तपाई लोगो डिजाइन, लेखन र अनुवाद गर्ने काममा दख्खल राख्नु हुन्छ भने फिभर डट कम तपाईका लागि हरेक कामका लागि पाँच डलर दिनेछ । यसका साथै फिभर डट कम यसकारण पनि लोकप्रिय छ कि यसले त्यस्ता मानिसलाई कामको जिम्मा दिने गर्दछ जसले घरमै बसेर समयसीमाभित्र काम पूरा गर्न सकोस् । यदि तपाई पनि यो वेभसाइटसँग जोडिन चाहनु हुन्छ भने https://www.fiverr.com मा लग इन गरेर पैसा कमाउन सक्नु हुनेछ ।

इलैन्स डट कम : इलैन्स डट कम पैसा कमाउनका लािग इलैन्स डट कम सबैभन्दा ठुलो अनलाइन वेभसाइट हो । यो वर्गमा यो सबैभन्दा पूरानो वेभसाइटमध्ये एक हो । यसको सुरुवात सन् १९९९ मा गरिएको थियो । एक अनुमान अनुसार यसका करिब २० लाख फ्रिलान्सर छन् । यसका साथै गत वर्ष ओ डेस्क डट कम अधिग्रहण इलैन्सले गरेको थियो । अहिले दुवै वेभसाइटमा करिब ८० लाख फ्रिलान्सर जोडिएका छन् । यसका लागि मानिसहरु विभिन्न १८० देशबाट फ्रिलान्सरको काम गरिरहेका छन् । यो अनलाइनको कारोबार करिब १२०० करोड रुपैयाँको छ। यदि तपाई पनि आफ्नो क्षमता प्रदर्शन गरेर पैसा कमाउन चाहनु हुन्छ भने यो वेभसाइन https://www.elance.com मा लग इन गर्न सक्नु हुनेछ ।

source Newssewa

Leave a Reply

Your email address will not be published. Required fields are marked *