निजी विद्यालयमा नर्स अनिवार्य

Posted On    Author    Category शिक्षा.

अबदेखि संस्थागत अर्थात् निजी विद्यालयहरूले प्राथमिक स्वास्थ्य सेवाका लागि अनिवार्य रुपले नर्सको व्यवस्था गर्नुपर्ने भएको छ ।

समझदारीपत्रमा प्याब्सनले स्कुल हाताभित्र गुलिया पेय पदार्थ र जंकफुड निषेध गर्ने, विद्यार्थीलाई दिवा खाजामा पोषिलो खानेकुरा पठाउन अभिभावकलाई प्रेरित गर्ने र हरेक विद्यार्थीलाई कुनै न कुनै खेलमा सहभागी गराउने जस्ता बुँदाहरू उल्लेख छन् ।

निजी विद्यालयहरूको छाता सङ्गठन, प्याब्सन र स्वास्थ्य मन्त्रालयबीच एक महिनाअघि भएको आठ बुँदे समझौताअनुसार निजी विद्यालयहरूमा एक जना नर्स वा स्वास्थ्य स्वयंसेवीको व्यवस्था गर्ने नीति लागू भएको हो ।

मन्त्रालय र प्याब्सनबीच भएको आठबुँदे समझदारीपत्रमा प्याब्सनले स्कुल हाताभित्र गुलिया पेय पदार्थ र जंकफुड निषेध गर्ने, विद्यार्थीलाई दिवा खाजामा पोषिलो खानेकुरा पठाउन अभिभावकलाई प्रेरित गर्ने र हरेक विद्यार्थीलाई कुनै न कुनै खेलमा सहभागी गराउने जस्ता बुँदाहरू उल्लेख छन् ।

स्वास्थ्य मन्त्रालयले विद्यार्थीको व्यवहार परिवर्तनका लागि आवश्यक चेतनामूलक अध्ययन सामग्रीहरू तथा स्वास्थ्य परीक्षणका लागि आवश्यक उपकरणहरू उपलब्ध गराउने र विद्यालयमा कार्यरत नर्सको क्षमता अभिवृद्धिका लागि अभिमुखीकरण तालिमको व्यवस्था गर्ने समझदारी पनि भएको छ ।

source hamrokatha

Leave a Reply

Your email address will not be published. Required fields are marked *