निःशुल्क लोकसेवा तयारी कक्षा

Posted On    Author    Category शिक्षा.

free lok sewa preparation class

काठमाडौं – लोकसेवा अध्ययन गरिरहेका विद्यार्थीले अब घरमै बसेर पनि आईक्यू क्लास लिन पाउने छन् । शिक्षक तुल्सीराम ढकालले लोकसेवा पढ्ने विद्यार्थीका लागि भनेर युट्युबमा आईक्यूका कक्षा सञ्चालन गरेका हुन् । ढकाल लोकसेवा अध्ययन गरिरहेका विद्यार्थीहरुको सहजतका लागि युट्युबबाट सामान्य ज्ञान र आईक्यू क्लासको भिडियो सार्वजनिक गरिरहेका छन् ।

राजधानीका विभिन्न कलेज तथा कन्सल्टेन्सीहरूमा अध्यापन गराइरहेका ढकालले कक्षाकोठा सम्म आउन नभ्याउने तथा घरमै बसरे अध्ययन गरिरहेका विद्यार्थीहरुको लागि भन्दै युट्युब मार्फत अध्ययापन गराउन थालेका हुन् । उनको आफ्नै नामको युट्युब च्यानलमा लोकसेवा तथा अन्य क्षेत्रमा आवश्यक पर्ने आईक्यू सम्बन्धी भिडियो हेर्न पाईन्छ ।

२०७३ देखिनिरन्तर यसरी भिडियो सार्वजनिक गरिरहेका ढकालले हालसम्म १ सय ६ वटा भिडियो सार्वजनिक गरेका छन् । कतिपय लोकसेवा पढ्न चाहानेहरु कहिलेकाही पैसा अनि समयको अभावमा क्लास जान सक्दैनन् । यस्तो समस्या झेलिरहेका विद्यार्थीलाई सहयोग गर्ने उदेश्यले उहाँले युट्युब हेरेरै लोकसेवा तयारी गर्न सकिने वातावरण बनाएका हुन् ।

गाउँमा बसेर शहरसम्म पढ्न जान नपाउने विद्यार्थी र लोकसेवा पढीरहेका गृहणीलाई पनि यो भिडियो क्लासले सहयोग गर्ने उनको विश्वास छ । आफुले निर्माण गरेका भिडियोहरुमा जटिल प्रश्नको उक्तर पनि सरल र छोटो तरिकाले प्रस्तुत गरिएको उनको दाबी छ । एउटै च्यानलबाट धेरै कुराको ज्ञान पाउन सकिने ढकालले बताए ।

युवा पुस्ता प्रविधि मैत्रि भएकाले पनि ढकालको युट्युब च्यानल लोकसेवा अध्ययन गरिरहेका युवाहरुमाझ लोकप्रिय बन्दै गईरहेको छ । घरमा बसेर मात्रै भन्दा पनि सवारी साधनमा यात्रा गर्दा पनि भिडियो हेर्दे यात्रा गर्न सकिन्छ । अन्य काम गर्दा गर्दै पनि भिडियो बजाएर सुन्न र हेर्न सकिने भएकाले पनि लोकसेवा तयारी गरिरहेकाहरुलाई ढकालको यो प्रयास लाभदायी भएको छ । हालसम्म उनले लोकसेवाका आअइक्यू प्रश्न समाधानसँग सम्बन्धित १ सय ६ वटा भिडियो राखिसकेको बताए ।

ढकालले आफ्नै कोठामा भएको ह्वाईट बोर्डमा आइक्यूका प्रश्नको समाधान गर्दै भिडियो निर्माण गर्ने र सार्वजनिक गर्ने गर्छन । सुरुवातमा भिडियो निर्माणमा ढकालकी श्रीमतीको सहयोग थियो उनले भने तर आजभोली भने उहाँ क्यामेरा स्ट्याण्डको सहारामा आफै भिडियो निर्माण गर्छु ।

“घरमै बसेर आइक्यू सिक्न सकिने, न त पैसाको खर्च नत समयको खर्च, एकपटक नबुझे वा झुलेमा फेरी हेर्न सकिने यस प्रविधिले धेरैलाई सहयोग गर्ने उनले बताए ।

source ektanews

Leave a Reply

Your email address will not be published. Required fields are marked *