![Newaz-club-lockdown](http://www.khabarbox.com.np/wp-content/uploads/2020/05/cover.jpeg)
काठमाडौँ – कोरोना भाइरस संक्रमणको जोखिम हुन नदिन सरकारले लकडाउनको घोषणा गरेपछि ललितपुरको ‘नेवा:ज क्लब’ निःशुल्क भोजनको व्यवस्थापनमा जुटेको छ । दैनिक आयस्रोत कम भइ जीविकोपार्जनमा समस्यामा परेका नागरिकलाई उक्त क्लबले करिब एक महिना देखि निःशुल्क भोजन व्यवस्था गर्दै आएको छ।
कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी लकडाउनका कारण दैनिक ज्याला गरेर जीविकोपार्जन गर्नेहरुलाई मर्का परेको भन्दै दैनिक निःशुल्क भोजनको व्यवस्था गरिएको बागमती प्रदेश सभा सदस्य राजकाजी महर्जनले बताए।
![Online tutor during lockdown - wantmentor Nepal](http://www.khabarbox.com.np/wp-content/uploads/2020/05/Are-you-looking-for-Online-tutor-for-your-kid_.png)
क्लब मार्फत ललितपुरका विभिन्न स्थान सहित बटुक भैरव मन्दिर, गोंगबु, ठमेल, बसन्तपुर, पशुपति लगायतका क्षेत्रहरुमा विगत एक महिना देखि निःशुल्क भोजनको व्यवस्था गरिँदै आएको उनको भनाई छ।
Source: Bigulnews
Leave a Reply