नक्कली विवाह गरेर अस्ट्रेलिया जानेको कथा यस्तो छ

Posted On    Author    Category सामाजिक.

पछिल्लो समय नेपालीहरूका लागि अध्ययनका लागि आकर्षक गन्तब्य बन्दै आएको अस्ट्रेलिया जान गर्ने नक्कली बिबाहमा आधारित सिनेमा ‘कागजपत्र’को ट्रेलर सार्वजनिक गरिएको छ ।बुधबार काठमाडौंमा आयोजीत एक कार्यक्रमका विच सिनेमाको ट्रेलर सार्वजनिक गरिएको हो ।

सिनेमाको सार्वजनिक ट्रेलरमा मुख्य कलाकार नाजिर हुसेन, शिल्पा मास्के, भोलाराज सापकोटा, सरिता गिरी, लोकेन्द्र लेखक, लक्ष्मी वर्देवा, जीवन भट्टराई आरजेस रेग्मी लगायतका कलाकारलाई स्थान दिइएको छ ।

अपिल विष्ट सिनेमाका निर्देशक हुन्।

इपी एजुकेशन अष्ट्रेलियाको प्रस्तुतकर्ता रहेको सिनेमामा वल्र्डवाइड फिल्मस् र अस सिनेमाको संयुक्त व्यानरमा निर्माण भएको सिनमामा अपिल बिष्टको लेखन तथा निर्देशन रहेको छ । कागजपत्र सामाजिक तथा कमेडी कथामा निर्माण गरिएको निर्देशक अपिल बिष्टले बताए ।

newclassictailor-1

 

खिलेन्द्र तिम्सिना, मुकेश रेग्मी र प्रजापती सिवाकोटी निर्माता रहेको कागजपत्रमा किरण न्यौपाने र सरस्वती श्रेष्ठ सह-निर्माताको रुपमा रहेका छन् । सिनेमामा बसन्त सापकोटा र संगीत सापकोटाको संगीत, क्यासमिर डिक्शनको छायाँकन, निमेष श्रेष्ठको सम्पादन रहेको छ ।

सिनेमा चैत ८ मा रिलिज हुँदैछ।

diamond solitaire

Leave a Reply

Your email address will not be published. Required fields are marked *