![lalitpur map](http://www.khabarbox.com.np/wp-content/uploads/2018/09/40650601_1849227498501778_7281350879742001152_n.jpg)
पर्यटक भित्र्याउने उद्देश्यले गोदावरी नगरपालिका–७ देवीचौरमा ‘भ्यू टावर’ निर्माण शुरु भएको छ ।
भ्यू टावरको निर्माणले आन्तरिक र बाह्य दुवै खालका पर्यटक आकर्षित हुने गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले बताए । अघिल्लो वर्षबाट भ्यू टावरको निर्माण शुरु भएको हो ।
अघिल्लो वर्ष रु एक करोड छुट्याइएकामा नगरपालिकाले यो आर्थिक वर्षमा पनि रु एक करोड छुट्याएको छ । अघिल्लो वर्ष जग राख्ने काम सकिएको थियो । उनी भन्छन्, “यस वर्ष बाँकी रहेको काम अघि बढेको छ ।” आगामी वर्षसम्म निर्माण सम्पन्न गर्ने योजना रहेको छ ।
भ्यू टावर तीन तलाको हुने नगरपालिकाले जनाएको छ । तल्लो तलामा होटल, रेस्टुराँलगायत व्यापारिक केन्द्र सञ्चालन हुने प्रमुख महर्जनले बताए । उनले भने “सबैभन्दा माथिल्लो तलाबाट नै आगन्तुकले सिङ्गो काठमाडौँको मनोरम दृष्य हेर्न पाउने छन् ।”
![khabarbox-mothers-kitchen-nepal](http://www.khabarbox.com.np/wp-content/uploads/2018/09/khabarbox-mothers-kitchen-nepal-1024x215.jpg)
गोदावरी नगरपालिकाभित्र रहेका पर्यटनका हिसाबले सम्भावित ठाउँका बारेमा नगरपालिकाले अध्ययन गरिरहेको छ । पर्यटकीय क्षेत्रलाई विकास गर्न निजी क्षेत्रसँगको सहकार्यमा समेत जोड दिइएको प्रमुख महर्जनले बताए ।
source : Sundar Lalitpur
Leave a Reply