दुखद हवाई दुर्घटनाका विषयमा माहविर पुण को फेशवुक पोस्ट

Posted On    Author    Category सामाजिक.

पोखरा र जोमसोम हवाई टावरको कर्मचारीहरुको लापरबाही र निस्कृयताको एउटा उदाह्र्ण दिन चाहान्छु – आजको दुखद हवाई दुर्घटना को समयमा.
हामीले Nepal Wireless मार्फत सन २०१० मा मुस्तांगको लेते नजिकैको लार्क्यु डांडा र म्याग्दीको खोप्रा डांडामा Vaishali भन्ने बिश्व प्रख्यात weather station र IP camera हरु हवाईजहाज हरुको लागी मदत होस् भनेर जडान गरेको थियौं. ति उपकरणहरु बाट इन्टरनेट मार्फत फ्लाईट रुटको real time video र weather information लिन सकिन्थ्यो. त्यसको लागि AIT Bangkok र ACAP बाट आर्थिक सहयोग जुटाइएको थियो र नागरिक उड्डयन प्राधिकरनको एक पैसा पनि परेको थिएन. ति उपकरणहरु चलाउनुस भनेर जोमसोम र पोखरा एयरपोर्टमा गएर सिकाइ दिएको पनि थियो. तर त्यसको उपयोग गरेनन. तिन बर्ष पछि ति उपकरणहरु ले सम्भार नभएर काम गर्न छोडे. ति उपकरणहरु उपयोग गरे बापत कुनै शुल्क लगाइएको थिएन.

अहिले पनि म्याग्दीको मोहरे डाँडामा दुई ओटा IP camera हरु छन् र एउटा weather station छ. सो क्यामेराहरु र weather station हवाईजहाजहरुको लागि नै भनेर राखिएको हो. मैले पोखरा विमानस्थल मा गएर ति क्यामेराहरुको IP address र weather station को लिंक पनि दिएकै हो. तर त्यसको उपयोग गरेको जस्तो लागेको छैन. मैले त्यो सुबिधा फ्री मा उपलब्ध गराएको हो. नपत्याए हेर्नुहोस्. एउटा क्यामेराको IP 202.166.211.43, user – admin, password qwert12345 हो. weather station को लिंक http://legacy.weather.weatherbug.com/…/OnlineWeatherCenter.… हो. केहि कुरा भए mahabir@himanchal,org मा लेख्नु होला

नोट: क्यामेरा लाई Mozilla Firefox बाट खोल्नु होला. Chrome बाट खुल्दैन. IP camera खुलेन भनेर धेरै कमेन्ट आयो. एक पटकमा ४ जना बढी ले camera खोलेमा automatically block हुन्छ र ३० मिनेट पछि आफै खुल्छ. Try गर्दै गर्नुस

mahabir punpost

Leave a Reply

Your email address will not be published. Required fields are marked *