त्रिभुवन विमानस्थलमा फेसबुक र युट्युव बन्द

Posted On    Author    Category सामाजिक.

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कक्षमा आगवागमन र प्रस्तान दुबै तर्फ कर्मचारीका लागि फेसबुक र युट्युव बन्द गरिएको छ।
केही दिन अघि अध्यागमनका कर्मचारीले कम्प्युटरमा फेसबुक चलाएको फोटो सार्वजनिक भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा फेसबुक र युट्युब बन्द गरिएको विमानस्थल अध्यागमन विभागका निमित्त प्रमुख उद्धवप्रसाद तिमल्सिनाले बताए।

‘हामीले असार ७ गतेदेखि विमानस्थलको अध्यागमन अन्तर्गत आवागमन र प्रस्थान दुबैतर्फ सामाजिक सञ्जाल फेसबुक र युट्युव बन्द गराएका छौ,’ उनले भने,‘ प्रधानमन्त्रीले हामीलाई सामाजिक सञ्जालमा आएको एउटा फोटोबारे जवाफ माग्नु भएको थियो, त्यसैको जवाफमा हामीले कार्यालयमा भएका सबै कम्प्युटरमा बन्द गरेका हौ।’

यद्यपी उनले यात्रुहरूका लागि भने कुनै बन्देज नरहेको स्पष्ट पारे।

source setopati

Leave a Reply

Your email address will not be published. Required fields are marked *