तीनकुने नजिकैको सुकुम्बासी बस्तीमा भीषण अागलागी

Posted On    Author    Category सामाजिक.

काठमाडाैं-राजधानीको तीनकुने नजिकैको शान्ति नगर नयाँ बस्तीका ५० बढी सुकुम्बासीका झुपडीमा अागलागी भएको छ। राति करिब ९ बजे अासपासमा अागलागी भएको हो।

अागलागीका क्रममा केही ग्यास सिलिण्डर पड्केर त्यस क्षेत्रमा थप अातंकको वातावरण बनेको घटनास्थल पुगेका नागरिक फोटोग्राफर प्रतिक रायमाझीले बताए। ‘अहिले यहाँ सेना, प्रहरी र पाँचवटा भन्दा बढी दमकल अाएका छन्’, रायमाझीले घटनास्थलको विवरण बताए ‘अागो नियन्त्रणमा लिने प्रयास भैरहेको छ, धुवाँले अासपासको अाकास ढाकेको छ।’ उनले मानवीय क्षति नभएको बताए।

source nagariknews

Leave a Reply

Your email address will not be published. Required fields are marked *