तस्करसँग थिए ५ माउसुली, मूल्य सुन्दा सुरक्षाकर्मी बेहोस

Posted On    Author    Category सामाजिक.

काकडभिट्टा। नेपाल भारत सीमामा भारतबाट नेपालतर्फ छिर्न लागेका एक तस्करसँगबाट ५ माउसुली बरामद भएका छन् । यी माउसुलीको मूल्य सुन्दा सुरक्षा जाँचमा खटिएका सुरक्षाकर्मीकै होसहवास उडेको छ । यो अत्यन्तै दुर्लभ प्रजातिको माउसुलीको मूल्य अन्तर्राष्ट्रिय बजारमा ३ करोड ६८ लाख नेपाली रुपैयाँ पर्छ । ती ५ माउसुलीको मूल्य १८ करोड ४० लाख बराबरको भएको बताइएको छ ।

नेपाल भारत सीमामा तैनाथ भारतीय सुरक्षाकर्मीले ती तस्करलाई नेपाल छिर्ने तयारी गरिरहेका बेला झापा जिल्लाको पारी बिहारको गलगलिया सीमा क्षेत्रबाट १५ किलोमिटर पर नक्सलवाडीबाट पक्राउ गरेका हुन् । सुरक्षाकर्मीले ती तस्कर र माउसुली नक्सलवाडी वन विभागको जिम्मा लगाएको बताइएको छ । शनिबार दिउँसो सीमा सुरक्षा बललाई एक तस्करले दुई माउसुली (जसको बैज्ञानिक नाम गीको हो) लिएर तस्कर गिरोहलाई बेच्ने प्रयास गरेको सूचना प्राप्त भएको थियो ।

khabarbox-mothers-kitchen-nepal

सूचना पाएपछि सुरक्षाकर्मीले तस्कर अमल सरकारलाई पक्राउ गरेको हो । पक्राउ परेका सरकारसँग जालीमा राखिएका ५ गीको भेटिएका थिए । वन विभागले तस्कर सरकारलाई न्यायिक हिरासतका लागि जेल पठाउँदै अदालतमा मुद्दा दर्ता गरेको छ । तस्कर अमल सरकारले बताएअनुसार उनलाई एक गिरोहले ५ माउसुली नेपाल पुर्याउने जिम्मेवारी दिएको थियो । बताइएको ठाउँमा पुर्याएपछि उनलाई तत्कालै एउटा गीकोबराबर २ करोड ३० लाख भारु दिइने तय भएको थियो । यसमा उनको कमिशन निश्चित गरिएको थियो ।

यो माउसुलीको मासु औषधी बनाउन प्रयोग हुन्छ । दक्षिणपूर्वी एशियाली देहरुमा मधुमेश, एड्स र क्यान्सर, यौन शक्ति बढाउने लगायतका परम्परागत औषधी बनाउन यसको प्रयोग हुन्छ । चीनमा पनि यसलाई परम्परागत औषधीको रुपमा प्रयोग गरिन्छ । यही कारण अन्तर्राष्टिङय कालोबजारमा यसको ठूलो माग छ । नेपाल–भारतमा एउटा जीवित गीकोलाई स्थानीय स्तरमा समातेर तस्करलाई ६० लाख देखि १ करोड नेपाली रुपैयाँसम्ममा बेचिन्छ जसलाई तस्करहरुले अन्तर्राष्ट्रिय कालो बजारमा ३ गुणा मूल्यमा बेच्छन् । यो माउसुली दक्षिणपूर्वी एशिया, नेपाल, भारत, इण्डोनेशिया, बंगलादेश, फिलिपिन्स लगायतका देशका जंगलमा पाइन्छ । जंगलको फँडानी र तस्करीका कारण यो माउसुली लोप हुन लागेको छ ।

source : raftarkhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *