‘तरकारीवाली’ सुन्दरी भन्छिन्,’राम्रो प्रस्ताव आए फिल्म तथा मोडलिङ् गर्छु’

Posted On    Author    Category सामाजिक.

सामाजिक संजालमा चिया बेच्ने एक पाकिस्तानी युवक रातारात भइरल भए। त्यसको केही दिनपछि सामाजिक संजालमा संसारभर एक नेपाली युवती उसैगरी भाइरल भइन्। दुबैको भाइरल हुनुको एउटै कारण थियो उनीहरूको सुन्दरता।

सामाजिकमा संजालमा एकाएक भाइरल भएकी यूवती थिइन् गोरखाकी कुशुम श्रेष्ठ। उनै सुन्दरी कुशुमले अवसर आए फिल्म खेल्ने तथा मोडलिङ गर्ने बताएकी छन्। महिलासम्बन्धी एक नेपाली अनलाइनलाई दिएको टेलिफोन अन्तरवार्तामा उनले त्यस्तो बताएकी हुन्।

त्यस्तै उनले आफू यसरी चर्चित भएकोमा रमाइलो लागिरहेको प्रतिक्रिया दिएको पनि उक्त अनलाइनमा उल्लेख छ। कुशुमले आफ्नो तस्विर सामाजिक संजालमा भाइरल भएको कुरा आफ्नो साथीले म्यासेन्जरमा तस्विर पठाउँदै बताएपछि थाहा पाएको जनाइएको छ।

उक्त अनलाइनका अनुसार गोरखा वाङलिङकी कुशुम अहिले चितवनको माडीमा कोयष्ट मोडल कलेजमा ११ कक्षा पढिरहेकी छन्।  चितवनमा रहेका आफ्ना काकाको घरमा उनी बस्दै आएकी छन्। उनका बुवा आमाले व्यावसायिक तरकारी खेती गर्दै आएका छन्। ‘दसैंतिहारको विदामा घर गोर्खा आएका बेला गोलभेंडा बेच्न फिस्लिङ आएकी थिएँ’ उनले भनिन्।

पर्यटन व्यवसायी रूपचन्द्र महर्जनले पर्यटकहरूलाई त्रिशुलीमा र्‍याफ्टिङ् लैजाइदै गर्दा कुशुमको फोटो खिचेर गत शुक्रबार आफ्नो फेसबुकमा राखेका थिए। पछि आफ्नो फोटोको कारण उनलाई अप्ठ्यारो होला भन्दै फेसबुकबाट ती फोटोहरू हटाएका थिए। उनले फोटो हटाउनेबेलासम्म कुशुमको सो तस्विर सामजिक संजालमा बाइरल भइसकेको थियो।

उनको यो तस्विर करोडौंले हेरेका छन् भने फेसबुकमा कुसुमको नाम खोज्नेहरूपनि लाख भन्दा बढी भइसकेको छन् ।

 

source setopati

Leave a Reply

Your email address will not be published. Required fields are marked *