![](http://www.khabarbox.com.np/wp-content/uploads/2017/11/edv.jpg)
३५ वर्षीय रूद्रबहादुर मोक्तानको सपना थियो एक दिन अमेरिका पुग्ने। उनले एक वर्षअघि डिभी भरे। नभन्दै उनलाई डिभी पर्यो।
फस्ट लेटर आयो, डकुमेन्टहरू नेपालस्थित अमेरिकन दूतावासमा पेश गरे । केही महिनापछि सेकेन्ड लेटर पनि आयो। अन्तर्वार्ता दिन उनलाई सोमबार दूतावासमा बोलाइएकाे थियो।
अन्तर्वार्ता दिदाँदिँदै मोक्तान पक्राउ परे। अमेरिका जान उनले दूतावासमा उनले पेश गरेको प्लस टुको प्रमाणपत्र नक्कली थियो।
सोही दिन डिभी परेर अन्तर्वार्ता दिन दूतावास पुगेका ताप्लेजुङ खेवाङ ३ का ३८ वर्षीय भुवानी प्रसाद भट्टराई पनि शैक्षिक प्रमाणपत्र नक्कली पेश गरेको अभियोगमा पक्राउ परेका थिए।
उनीहरूले पेश गरेको शैक्षिक कागजात नक्कली भएको पुष्टी दूतावासले गरेपनि प्रहरीलाई खबर गरेको थियो।
अन्तर्वार्ता दिइरहेका बेला महानगरीय अपराध महाशाखाबाट खटेको प्रहरी निरीक्षक रोशन खड्का नेतृत्वको टोलीले पक्राउ गरेको हो ।
मोक्तान र भट्टराईसहित उनको कागजात बनाउन सहयोग गर्ने अन्य ८ जनालाई प्रहरीले पक्राउ गरेको छ। आठै जनालाई महानगरीय अपराध महाशाखाले मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।
कालिकोटका विशाल जंग कार्की, सुनसरीका सुरेश शाही, अभय पोखरेल, काठमाडौं चण्डोल घर भइ सेक्युर्ड कन्सल्ट्यान्सीमा काम गर्ने अनिल श्रेष्ठ पनि पक्राउ परेका छन् ।
Leave a Reply