ठेचोबासीले गराए चापागाउँ सडकखण्ड बन्द

Posted On    Author    Category सामाजिक.

ललितपुर, मंसिर २ । हिलो र धुलोको कारण अस्तब्यस्त बनेको चापागाउँ ठेचो सडक खण्डमा स्थानीयले बस चलाउन अबरोध गरेका छन ।आइतबार बिहानैदेखि तत्काल सडक पिच गर्न माग गर्दै उनीहरुले उक्त स्थानमा सवारी चल्न नदिएका हुन । स्थानीयको अवरोधले अहिले उक्त बाटो भएर स्कूल बस र एम्बुलेन्स बाहेक कुनै पनि सवारी चल्न पाएका छैनन ।

चापागाउँदेखि ठेचो सडकमा कालोपत्रे नहुँदा व्यापक धुलो उड्नुका साथै कुनै कुनै ठाउँमा हिलो हुँदा दुर्घटना समेत बढाएको स्थानीयको भनाइ छ ।गोदावरी नगरपालिकामा पर्ने उक्त सडक बिस्तारको काम हुँदा हुँदै त्यसै अलपत्र छोडिएको भन्दै स्थानीय आइतबारदेखि पुनः आन्दोलनमा उत्रिएका हुन ।

कान्तीलोक पथ अन्तर्गतको सो सडक बनाउन सुरु गरे पनि बिचमै निर्माण अलपत्र छोडेका कारण धुलो उढ्नुको साथै सडकका बिच बिचमा खाल्डाखुल्डी समेत बनेको छ । गत कात्तिक ८ गते ठेचो चापागाउँ सडक खण्ड पिच गर्ने ४ बुँदे सहमती भएको थियो । सहमतीमा ठेचो चापागाउँ सडक खण्डमा दिनको ३ पटक पानी हाल्ने, तिहार लगत्तै कालोपत्रे गर्ने, सडक आसपासका घरको मुल्यांकन तिहार अगावै सक्ने उल्लेख थियो । तर सहमती अनुसार काम नभएपछि पुनः स्थानीय आन्दोलित भएका ह्ुन् ।

patan heart clinic - whole body checkup

स्थानीय नविन महर्जनका अनुसार सडक बनाउने नाममा वर्षोदेखि ठेचोबासीले धुलो र हिलोको पीडामा रुमल्लिरहनु परेकोले अहिले भएकै सडकमा तत्काल पिच गरिनु पर्ने बताए । ठेचोकै मटरसाइकल वर्कसप सञ्चालन गरि बस्ने मनोज महर्जनले बताए अनुसार मुअब्जा दिएर घर भत्काउन दशकौं लाग्छ, सडक फराकिलो त्यो बेलासम्म हुन सक्दैन, हिलो र धुलो त्यतिबेलासम्म खाएर हामी बस्नुपर्ने भन्दै आक्रोश पोखे ।

पिच नगरिएको सडकमा पानी हालिएको कारण दैनिक ८÷९ वटा मोटरसाइकल दुर्घटना हुने गरेकोले मोटरसाइकल चालकहरु पनि नगरपालिकाप्रति आक्रोशित देखिएका छन् । केही दिनअघि जिल्ला प्रशासन कार्यालयमा भएको सहमती अनुसार दैनिक ३ पल्ट पानी हाल्ने र धुलो नियन्त्रण गर्ने प्रयासलाई गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन प्रस्ताव गरेका थिए । यसो गर्दा धुलो त रोकियो तर हिलो र चिप्लोले गर्दा यात्रुहरुले शास्ती व्यहोर्न बाध्य भए । केही दिन अगाडि अन्नपूर्ण पोष्ट दैनिकमा कार्यरत फोटोपत्रकार अशोक दुलाल ठेचोमै मोटरसाइकल चिप्लेर पल्टिदा घाइते भई हाल घरमै आराम गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *