ठेचोबासीको नियन्त्रणमा टिपर

Posted On    Author    Category सामाजिक.

टिपर निषेधित क्षेत्रमा प्रवेश गरेका ५ वटा टिपरलाई ललितपुर ठेचोका स्थानीयले नियन्त्रणमा लिएका छन् । मंगलबार राती १० बजे चापागाँउ ठेचो हुँदै सातदोवाटो प्रवेश गर्न खोज्ने यी टिपरहरुलाई स्थानीयले सडकमा उत्रेर नियन्त्रणमा लिएका हुन् ।
स्थानीय नवीन महर्जनका अनुसार ५ वटा टिपर नियन्त्रणमा लिएर सरस्वती स्कूल नजिकै चौरमा लगेर राख्न लगाइएको छ । उनले भने,‘हामीले तोडफोड गरेका छैनौं । शान्तिपूर्वक रुपमा गाडी राख्न लगाएका हौं । गाडीको हावा चाही खोलेर राखेका छौं । महर्जनको अनुसार बुधबार कागजात सहित ट्राफिक कहाँ बुझाउने कार्यक्रम छ ।’
रातको समयमा ठुलो आवाज सहित कच्ची बाटोमा गुड्दा बस्तीमा समस्या परेको भन्दै स्थानीयले पटक पटक टिपर चालकलाई यो बाटो नचलाउन चेतावनी दिदा समेत अटेरी गरेको एक स्थानीयले बताए । उनले भने,‘मालवाहक गाडी गुडाउन खोलाको बाटो खोलिएको भए पनि पेलेर चलाउदा बस्तीमा समस्या छ ।

तस्विर ः ः नबीन महर्जन

Source : www.lalitpurkhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *