टिकाभैरव क्षेत्रमा गैरकानुनुी रुपमा संचालित रोडा ढुंगाले सामाजिक असर परेकाले भन्दै नवराज सिलवालले बन्द गर्न माग

Posted On    Author    Category Uncategorized.

काठमाडौं । ललितपुर क्षेत्र नं १ को टिकाभैरव क्षेत्रमा गैरकानुनुी रुपमा संचालित रोडा ढुंगाले सामाजिक असर परेकाले भन्दै संघीय सांसद नवराज सिलवालले बन्द गर्न माग गरेका छन् । टिकाभैरव क्षेत्रमा २८ वटा गैर कानुनी रोडा ढुंगा उद्योगहरुले सामाजिक सुरक्षामा नराम्रो असर पारिरहेको सिलवालले तर्क गरेका हुन् । आइतबार संसद वैठकमा सार्वजनिक महत्वको विषयमा वोल्दै सिलवालले त्यस क्षेत्रका २० हजार रोपनीभन्दा बढी जग्गा मरभूमीकरण भएको र किसानहरु विस्थापित भएकाले सरकारको ध्यानाकर्षण गराएका हुन् । उनका अनु विद्यालयहरु संचालन हुन नसकेको र वातावरण प्रदुषणले स्वास्थ्यमा असर पुगिरहेको छ । विगतमा संसदीय समितिको सिफारिसअनुसार चौघरेमा खानी क्षेत्र स्थानान्तरण गर्नुपर्ने सुझावसहितको प्रतिवेदनको कार्यान्वयन गर्न पनि सिलवालले माग छ ।

shopinholidays

Leave a Reply

Your email address will not be published. Required fields are marked *