छरिएका नेपाली वैज्ञानिकलाई नेपाल जोड्दै महावीर

Posted On    Author    Category सामाजिक.

काठमाडौं– देश विकासको खाका र सपना बोकेर २५ वर्षदेखि नेपालका ग्रामीण भेगमा क्रियाशील छन्–
महावीर पुन। सूचना प्रविधि विज्ञ एवं अभियान्ता उनै पुनले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बाँडेका सपना र योजनाहरू अझ कम भएको तर्क गर्छन् ।

‘ओलीजीले भनेका सबै कुरा सम्भव छन्,’ उनले आश्चर्य व्यक्त गरे, ‘सम्भव हुने सामान्य कुरा गर्दा आलीजीलाई किन उडाउने ?’

पुनले ओलीलाई अमेरिकी पूर्व राष्ट्रपति जोनअफ केनेडीसँग जोडेर टिप्पणी गरेका छन्– ‘अमेरिकी राष्ट्रपति केनेडीले चन्द्रमामा पुग्ने सपना सुनाउँदा त्यहाँ त उनको मजाक उडाइएन ।’कार्यशैलीमा ओली सरकार पनि अन्य सरकारभन्दा बेग्लै भने हुन नसकेको पुनले बताए । ओली सरकारले राष्ट्रिय आविष्कार केन्द्र स्थापनाका लागि बजेट विनियोजन गर्ने वाचा गरेको तर काम नगरेको पुनले गुनासो गरे । ‘सपना देखेरमात्रै हुँदैन, काम पनि गर्नु पर्यो ।’

राष्ट्रिय आविष्कार केन्द्र स्थापनाको तयारीमा जुटेका पुनले ‘देशमा केही गरौं’ भन्ने भावनालाई सरकारले सधैं उपेक्षा गर्ने गरेको गुनासो गरे । उनले सक्षम पुस्तालाई सरकारबाट हौसला प्राप्त नुहँदा विदेश पलायनको क्रम बढेको बताए ।

विज्ञान प्रविधि क्षेत्रको विकासमा हालसम्मका कुनै पनि प्रधानमन्त्रीले गम्भीरता नदेखाएका उनले बताए ।

राष्ट्रिय आविष्कार केन्द्र स्थापना र यसबाट देशलाई हुने फाइदाबारे चर्चा गर्दै पुनले विश्वभरि छरिएका नेपाली वैज्ञानिकलाई देश भित्र आकर्षित गर्ने रणनीतिबारे विस्तारमा खुलाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *