चुनाव परिणाम घोषणा नगर्न कांग्रेसको दबाव !

Posted On    Author    Category राजनीति.

७ पुस, काठमाडौं । आज राजधानीबाट प्रकाशित दैनिक पत्रिकाहरुले फरक फरक समाचारलाई स्थान दिएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरुसँग टेलिफोन वार्ता गरेको समाचारलाई पत्रिकाहरुले प्राथमिकता दिएका छन् ।

नयाँ पत्रिका दैनिकले समानुपातिक परिणाम तत्काल सार्वजनिक गरे असंवैधानिक हुने भनेर कांग्रेसले निर्वाचन आयोगलाई चेतावनी दिएको समाचारलाई मुख्य प्राथमिकता दिएर छापेको छ ।

समाचारका अनुसार मतगणना सकिए पनि परिणाम सार्वजनिक नगर्न कांग्रेसले निर्वाचन आयोगलाई दबाव दिएको छ । राष्ट्रिय सभामा महिलाको प्रतिनिधित्व ३३ प्रतिशत नपुगेमा प्रतिनिधिसभाबाट भरथेग गर्नुपर्ने भएकाले पहिले राष्ट्रियसभाको निर्वाचन हुनुपर्ने कांग्रेसको अडान छ ।

कांग्रेस नेता मिनेन्द्र रिजालले पनि तीनवटा निर्वाचन गरेर प्रतिष्ठा आर्जन गरेको आयोगले अहिले असंवैधानिक काम गर्छ भन्ने आफूलाई नलागेको प्रतिक्रिया नयाँ पत्रिकालाई दिएका छन्

source onlinekhabar

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *