चापागाउका प्रहरी नायव उपरिक्षक अचार्यले शिक्षकको कुटाईबाट घाइते विद्यार्थीको अस्पतालमा उपचार भइरहेको बताउनुभयो

Posted On    Author    Category सामाजिक.

ललितपुर २२,फागुनशिक्षकको कुटाइबाट ललितपुर कालेश्वरको बागभैरव उच्च माध्यमिक विद्यालयका आठ कक्षाका ६ विद्यार्थी घाइते भएका छन् । माध्यमिक तहका सामाजिक विषयका शिक्षक उपेन्द्र घिमिरेले पाइपले हिर्काउदा सात जना विद्यार्थी घाइते भएको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी बृत चापागाउका प्रहरी नायव उपरिक्षक गोविन्द अचार्यले शिक्षकको कुटाईबाट घाइते भएका विद्यार्थीको पाटन अस्पतालमा उपचार भइरहेको बताउनुभयो । विद्यार्थीलाई सजाय दिने शिक्षकलाई पक्राउ गर्न टोली परिचालन भइसकेको उहाले जानकारी दिनुभयो ।

शिक्षकको कुटाइबाट रुपेश दाहाल, दीपक दाहाल, सुमन सिंतान, कुलचन्द्र गौतम, दिपेन्द्र दुलाल, उत्तम दाहाल घाइते भएको भएको कालेश्वरका स्थानीयबासी एवं रुपेशका काका माधवप्रसाद दाहालले बताए । सबैको जिउभरी निलडाम छ ।
शुक्रबार बिहान साढे दशदेखि साढे १२ बजेसम्म पाइपले विद्यार्थीलाई कुटेको स्थानीय गोविन्द दाहालले बताउनुभयो । बिहीबार अन्तिम पिरियडमा सबै जना एकै पटक शौचालय गएको भन्दै विद्यार्थीलाई कुटेको उहाले बताउनुभयो ।

source nepalnewslive

Leave a Reply

Your email address will not be published. Required fields are marked *