चापागाउँ स्थायी बसोबास सूर्यविनायकबाट सोमबार बिहानदेखि वृद्धा बेपत्ता

Posted On    Author    Category सामाजिक.

भक्तपुरः भक्तपुरको सूर्यविनायकबाट सोमबार बिहानदेखि एक वृद्धा बेपत्ता भएकी छन् ।

बिहान घरमै रहेकी ८५ वर्षकी दिलमाया देसार एकाएक बेपत्ता भएको उनका नाति उत्सव देसारले बताए ।

बज्रबाराही नगरपालिका ८ चापागाउँ स्थायी बसोबास भएकी देसार आफ्नो नातिको बिवाहमा सहभागी हुन तीन दिन अघि सूर्यविनायकस्थित आफ्ना कान्छा छोराको घरमा गएकी थिइन् ।

कान्छो छोराको घर नजिकै रहेको श्रीविनायक मन्दिर परिसरबाट बृद्धा हराएको हुनसक्ने आफन्तले आशंका गरेका छन् ।

राम्ररी कान नसुन्ने तथा छिटो बिर्सने बानीका कारण ठाउँ बिर्सने गरीकी देसार हिँडडुका क्रममा घर बाहिर निस्केको र फेरि फर्कन नसकेको हुनसक्ने आफन्तहरुको भनाई छ ।

वृद्धा देसारका तीन छोरा रामगोपाल, हरिगोपाल र हरि तथा तीन छोरी चिरीमाया, मनमाया र कान्छी देसार छन् ।

सोमबार दिउँसोबाट बृद्धा आमाको खोजीमा जुटेका परिवारले दिनभर खोज्दा पनि कतै पत्ता नलागेको बताएका छन् ।

सुतिको रातो साडी, रातो चोली र ठूलो चस्मा, कालो चप्पल र रातो ओड्ने ओडेकी दिलमायाले कानमा दुर्इवटा जङ्कु चाचा लगाएकी बृद्धा देसारलाई भेट्नुहुने महानुभावले नजिकैको प्रहरी चौकी अथवा ९८४९०९४३४० मा सम्पर्क गरिदिन परिवारले आग्रह गरेको छ ।

source annapurnapost

Leave a Reply

Your email address will not be published. Required fields are marked *