चापागाउँमा १६ कुकुरको बन्ध्याकरण

Posted On    Author    Category सामाजिक.

ललितपुर । भुस्याहा कुकुर मार्न पाइँदैन भन्दै पशु अधिकारको अभियान चलाइरहेको एनिमल नेपालले ललितपुरस्थित चापागाउ बज्रबाराहीमा भुस्याहा कुकुरको बन्ध्याकरण शिविर चलाएको छ । सोमबारबाट सुरु भएको शिविरमा पहिलो दिन १६ वटा कुकुरको बन्ध्याकरण गरिएको छ ।
बज्रबाराही मन्दिर क्षेत्र वरपर रहेका सबै कुकुरलाई रेबिज विरुद्धको खोपका साथै पोथी कुकुरको बन्ध्याकरण गर्ने काम भइरहेको छ । शिविर दुईदिनसम्म चल्नेछ । सोमबार पहिलो दिन १६ वटा कुकुरको बन्ध्याकरण गर्नुका साथै ३५ भन्न्दा बढी कुकुरलाई रेबिज विरुद्धको खोप लगाएको एनीमल नेपालका कार्यकारी निर्देशक उत्तम काफ्लेले जानकारी दिए ।
पोथी कुकुरको बन्ध्याकरण गरी भुस्याहा कुकुरको संख्या नियन्त्रण गर्ने उद्देश्यले एनिमल नेपालले ८ बर्षदेखि ललितपुर जिल्लामा यस्ता शिविर चलाउदै आइरहेको छ । मानविय तरिकाबाट भुस्याहा कुकुरको संख्या नियन्त्रण गर्ने र भुस्याहा कुकुरबाट हुेन सडक दुर्घटना न्युनीकरण गर्न यस्तो अभियान चलाइएको काफ्लेले बताए ।
स्थापना देखि अहिलेसम्म यस संस्थाले ललितपुरमा मात्र करिब ४ हजार यस्ता भुस्याहा कुकुरको बन्ध्याकरण गरेको छ । उपत्यकामा अब करिब २५ सयमात्र कुकुरको बन्ध्याकरण बाँकी रहेको उसको अनुमान छ । बाँकी कुकुरको बन्ध्याकरण मिलेर गर्न ललितपुर उपमहानगरपालिकासँग समझदारीसमेत भइसकेको छ ।

source onlinekhabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *