चापागाँउ सडक बनाउन फेरि आन्दोलन

Posted On    Author    Category सामाजिक.

सडक कालोपत्रे नहुँदा सास्ती खेप्नु परेको भन्दै ठेचोका स्थानीय आन्दोलित भएका छन् । सडक विभागले कालोपत्रे गर्ने भन्दै पुरानो कालोपत्रे निकालेर अलपत्र छोड्दा स्थानीय बासिन्दा धुलो धुवामा बस्नु परेको गुनासो छ । गत कार्तिक महिनामा सडक कालोपत्रे गर्न माग गर्दै स्थानीयबासी सडक बन्द गरेर आन्दोलन गरेपछि फागुनसम्म कालोपत्रे सहमती भएको थियो ।
शनिबार ललितपुर ठेचोका स्थानीय सडक बनाउन पहल गर्ने भन्दै युवाहरुले छलफल थालेका हुन् । छलफलमा सहभागी एक युवाले भने अहिले हामी छलफलमा छौं । छलफलपछि सडक बन्ने अवस्था नआए सडक बन्द गरेर संर्घषमा जान्छौं ।
छलफलको क्रममा सासंद राजकाली महर्जनले सबै पक्ष मिलेर स्थानीय सडक बनाउनु पर्ने वताए । उनले भने ‘सडक विस्तारका लागि ५÷१० वर्षसम्म पर्खनु पर्ने हुँदा तत्काल २ लेनको सडक बनाएर विस्तारै सडक विस्तारमा लाग्नु उचित हुन्छ ।’
बीचको दुई लेन सडक तत्काल बनाउने र सडक विस्तारको काम अघि बढाउदै जाने मध्यमार्गी उपाय अपनाउन सके मात्रै समस्याको गाँठो फुक्न विषयमा छलफल केन्द्रित थियो ।

newclassictailor-1

सडक विस्तारको पहल हुदा अर्को पक्ष सडक विस्तार रोक्न तयार रहने र सधै यहाका जनता धुलो धुवा खानु पर्ने अवस्था आएको गुनासो गरे स्थानीय दिलिप महर्जनले । ‘यहाँ बस्ती नै सडकमा छ । वालबच्चा बुढाबुढीलाई दिनरात धुलो धुवा खानु पर्ने बाध्यता छ ।’ उनले भने ।
अनुपकुमार महर्जन भने सजिलै सडक बन्ने अवस्था छैन भन्छन् । ‘सरकार जनताको घर भत्काउन मुआव्जा दिदैन । ठेकेदार सडक बनाउन बस्तीमा जान सक्दैन । जनता धुलो खान बाध्य छ ।’
सडक विस्तारका लागि केही दिनमै सर्वपक्षीय भेला गरेर अघि बढ्ने निर्णय भएको छ ।

source : Lalitpur Khabar

ShopIn Holidays Pvt. Ltd.

Leave a Reply

Your email address will not be published. Required fields are marked *