मध्य रातमा भागदौड

Posted On    Author    Category सामाजिक.

गोरखा–गएराति गोरखा र आसपासका जिल्लामा भूकम्पको धक्का महसुस भएको छ। राति ११ बजेर ५६ मिनेटमा गोरखाको आरुआर्वाङलाई केन्द्रबिन्दु बनाएर ५.५ म्याग्निच्यूडको भूकम्पले हल्लाएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

भूकम्प लगत्तै मध्येरातमा गोरखा सदरमुकामवासी हतार हतार खुल्ला ठाउँ तथा सडकमा निस्किएका थिए। केन्द्रबिन्दु नै यहाँ भएकाले ठूलै धक्का महशुस भएको थियो। सुतिरहेका बेला एक्कासी भूकम्प जाँदा कम्पन ठूलो आएको महशुस सर्वसाधारणले गरेका थिए। भूकम्पको धक्काले सबै गोरखा सदरमुकामबासी, गोर्खाली नागरिक र आसपासका जिल्लाका सर्वसाधारणको निन्द्रा बिथोलिएको थियो भने गोर्खाबासी रातभर जसो जाग्राम बसे। कहाँ कति रेक्टरको भूकम्प गयो भन्ने जान्न चाहने र आफन्त साथीभाई घर परिवारलमा टेलिफोन गर्नेहरुमा मध्येरातमा सडक छेउमा थुप्रै देखिएका थिए।

फेरि भूकम्प फर्कने डरले सदरमुकाममा पहिलेजस्तो घर बाहिर आँगनमा सुत्ने, सटर खोलेर सुत्ने बस्ने गरेको देखिएको थियो। टहरा र भत्किएका घर टाल्दै बसेका ग्रामिण भेगका पीडितलाई गएरातिको भूकम्पले त्रास थपेको छ। भूकम्पले पहिले बाँकी रहेको संरचना भत्काउने हो की भन्ने डर उनीहरुमा फेरि हुन थालेको छ। बैशाख १२ र २९ गते पछि गोरखामा यो तेस्रो ठूला धक्का महशुस गराउने भूकम्प भएको सदरमुकामबासीले बताएका छन्।

गएरातिको भूकम्पमा भाग्ने क्रममा उदयपुर घर भई गोरखा सदरमुकाममा मजदुरी गर्दै आएका २६ वर्षीय दयाराम चौधरीको खुट्टाको जोर्नी फुस्किएको छ। उनको गोरखा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। भूकम्पको धक्काले सर्वसाधारणमा त्रास बढाएको भएपनि अन्य कुनैक्षतिको जानकारी भने नआएको प्रहरी नायब उपरीक्षक बसन्त रजौरेले बताए ।

source nagariknews

Leave a Reply

Your email address will not be published. Required fields are marked *