गोदावरी क्षेत्रमा ट्यान्कर निषेध गर्ने |

Posted On    Author    Category सामाजिक.

गोदावरी क्षेत्रमा ट्यान्कर निषेध गर्ने |

राजु प्रकृति

काठमाडौँ उपत्यकाको ३ जलाधार क्षेत्रमध्ये प्रमुख जलाधार क्षेत्र रुपमा रहेको ललितपुर जिल्लाको गोदावरी क्षेत्रमा पानीको हराकार भएको बेलामा गोदावरीको पानी भन्दै खोलाको पानी तानेर खानेपानी ट्यान्करले बेच्ने गरेका छन | एतिहासिक , पुरातात्वक ,सुन्दर ठाउँको नाउलाइ बदनाम गर्न खोज्ने लूच्हा , लफंगा , फटाहाहरु अहिले खोलाको पानी लाइ खानेपानी भनी ब्यापार गर्न थालेका छन |

गैरि गाउका स्थानिय बासिन्दाका भनाइ अनुसार खानेपानीमा काम गर्ने कामदारहरुले त्यहाको पानी नखाई गोदावरीको पानी खाने गरेको बताएका छन | खोलाको पानी तानेर बिक्रि वितरण गर्दा मानिसको स्वास्थ्यमा प्रतिकुल असर पर्ने कुरालाई मद्ये नजर गर्दै पानीको हाहाकार भएको बेलामा ग्वालिंन्दहको पानी र पानी बोक्ने ट्यान्कर समेत बन्द गर्न बाद्ये हुनु परेको युवा जागरण पर्यावरणीय मञ्चद्का अध्यक्ष डा अष्टमान किसि महर्जनले जानकारी दिनुभयो | खोलाको पानी र ग्वालिंन्दहको पानी अनाधिकृत रुपमा बिक्रि वितरण गर्नाले गोदावरी क्षेत्रको कृषि क्षेत्रमा प्रतिकुल असर पारेको छ |

घरको धारामा महिनाको खानेपानीको बिल आउछ तर घरको धारामा पानी आयको छैन | गोदावरीको पानी गोदावरीको बासिन्दाले पिउन नपाउने तर पानी बोक्ने ट्यान्करले गोदावरीको पानी भनी खोलाको पानी अन्यत्र बेचेर मनग्य पैसा कमाउने यो कदापी हुन दिदैनौ स्थानिय बासिन्दाले बताउनु भयो |

source radio paroyawaran

Leave a Reply

Your email address will not be published. Required fields are marked *