गोदावरीमा गाई मारिएको विरोधमा बन्दको आह्वान

Posted On    Author    Category सामाजिक.

धनगढी : कैलालीको गोदावरी गाविसस्थित भ्यागुतेमा गौहत्या गरिएको भन्दै विरोधस्वरुप आज गरिएको सुदूरपश्चिम बन्दले यहाँको जनजीवन कष्टकर बनेको छ।

हिन्दुवादी सङ्घसङ्गठनद्वारा संयुक्त रुपमा गरिएको बन्दका कारण यस क्षेत्रमा यातायात, व्यापार, व्यवसाय सबै ठप्प भएको छ। बन्दकर्ताले गौहत्यामा संलग्न हुनेको खोजी गरी कडा कारबाहीको माग गर्दै धनगढी, अत्तरिया लगायत क्षेत्रमा प्रदर्शन समेत गरेका छन्।

धनगढी–डडेलधुरा सडक अन्तर्गत चुरे पहाडमा पर्ने भ्यागुते सडकखण्ड आसपासमा पाँच दिनअघि मरेका गाईगोरु फेला परेका थिए। कञ्चनपुरको वेदकोट नगरपालिका क्षेत्रमा रहेका छाडा गाईगोरुलाई राति ट्रकमा राखेर भ्यागुते सडकखण्डमा पुर्‍याएर छाडिएको बताइएको छ। यी चौपाया आफैँ मरेका हुन् वा कसैले मारेको हो भन्ने विषयमा भने पुष्टि हुन सकेको छैन।

घटनाका सम्बन्धमा चौपाया ढुवानी गरी भ्यागुतेसम्म पुर्‍याउने ट्रकका चालकसँग सोधपुछ गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। यस्तै नगरपालिकाका कार्यकारी अधिकृतलाई पनि स्थानीय प्रशासनले सोधपुछ गरेको छ। दुर्गन्ध नफैलियोस् भनेर मरेका चौपायालाई खाल्डो खनेर पुरिएको छ।

 

रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *