गल्ती खिच्न ट्राफिकको छातीमै क्यामरा

Posted On    Author    Category सामाजिक.

चैत्र १७, २०७२- सवारी चलाउँदा सडक लेन मिच्दै हुनुहुन्छ ? सावधान ! तपाईंको गल्ती अडियो/भिडियोयुक्त क्यामरामा कैद हुनेछ र तुरुन्तै कारबाहीमा पर्नुहुनेछ । भागे पनि ट्राफिक प्रहरीको मोटरसाइकलले पछ्याएरै तपाईंलाई दण्डित गर्नेछ ।

लेन मिच्ने र भाग्ने क्रम बढेपछि ट्राफिक प्रहरीकै छातीमा ‘गोप्रो’ क्यामरा जडान गरेर प्रमाण कैद गर्ने नयाँ रणनीति अपनाएको उपत्यका ट्राफिक महाशाखाका डीआईजी प्रकाश अर्यालले बताए । क्यामरासहितको लेन अनुशासन कारबाही सञ्चालन गरेको ८ दिनमा १३ सय २४ जना कारबाहीमा परिसकेका छन् ।

‘पिक आवर’ मा मोटरसाइकलसहित छातीमा क्यामरा जडित प्रहरी परिचालन गरिएको उनले जनााए । ‘बिहान ९ देखि ११ बजेसम्म र बेलुका ४ देखि ६ बजेसम्म मोटरसाइकल चलाउने ट्राफिकको छातीमा क्यामरा जडान गरिएको छ,’ उनले भने, ‘अफिस जाने र फर्कने समयमा प्रत्येक व्यक्ति हतारमा देखिन्छन्, लेन मिचेर अर्को सवारी साधनलाई ओभरटेक गरेर अगाडि जान चाहन्छ ।’ लेन मिचेर उल्टै ट्राफिक प्रहरीसँग अपशब्द प्रयोग गर्नेको प्रमाणसहित पुष्टि गर्न अडियो/भिडियोसहितको क्यामरा प्रयोगमा ल्याइएको उनले बताए ।

source ekantipur

Leave a Reply

Your email address will not be published. Required fields are marked *