खर्बपतिको सूचीमा फेरि एक पतक विनोद चौधरी

Posted On    Author    Category अर्थ.

काठमाडौं: संयुक्त राज्य अमेरिकाबाट प्रकाशन हुने चर्चित म्यागेजिन ‘फोर्ब्स’ले सन् २०१६ का विश्वका अर्बपतिको सूचीमा नेपालका उद्योगपति विनोद चौधरीलाई पुनःसमावेश गराएको छ ।

चौधरी समूहका अध्यक्ष चौधरीको सम्पत्ति १.१ बिलियन अमेरिकी डलर अर्थात् करिब रु एक खर्ब १० अर्ब रहेको ‘फोब्र्स’ले उल्लेख गरेको छ ।

म्यागेजिनले बुधबार सार्वजनिक गरेको सूचीमा उनलाई विश्वका अर्बपतिको एक हजार ५७७ औं स्थानमा राखेको छ । चौधरीका भारत, बङ्गलादेश, श्रीलङ्का, सर्बिया, साउदी अरब, रुवान्डा लगायतका देशमा लगानी छ ।

नबिल बैंक एवम् सिजी इलेक्ट्रोनिक लगायत कम्पनीका मालिक ६० वर्षीय चौधरीले गत वैशाख १२ को भूकम्प र त्यसपछिका परकम्पबाट भत्किएका विद्यालय एवम् घर निर्माणका लागि २.५ मिलियन डलर अर्थात् रु २५ करोड सहयोग गर्नुभएको फोर्ब्सले उल्लेख गरेको छ ।

उक्त म्यागेजिनले विश्वको एक नम्बर सूचीमा अमेरिकी खर्बपति बिल गेट्स नै परेको उल्लेख गरेको छ ।

source Annapurnapost

Leave a Reply

Your email address will not be published. Required fields are marked *