कोटेश्वरमा ग्यास निस्कियो

Posted On    Author    Category सामाजिक.

काठमाडौं, फागुन १४ । राजधानीको कोटेश्वरमा प्राकृतिक ग्यास फेला परेको छ । कोटेश्वरचोकबाट ५० मिटर दक्षिणतर्फ सडक विस्तारकाक्रममा खनेको खाल्डोबाट ग्यास निस्किएको हो ।

खाल्डोमा रहेको पानी घाममा उम्लने र माटो पाके जस्तो देखिएपछि स्थानीयले सलाइ कोरेर आगो लगाएका थिए । सो स्थानमा लामो समयसम्म पनि निरन्तर आगो बलिरहेको बताइएको छ |

source imagekhabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *