केएल टावरमा अहिलेसम्मकै सस्तो मूल्यमा मोबाइल किन्न पाइने

Posted On    Author    Category व्यापार.

काठमाडौं । नेपाली बजारमा अहिलेसम्मकै सस्तो मूल्यमा मोबाइल किन्न पाइने भएको छ । काठमाण्डौंको चाबहिलमा रहेको केएल मोबाइल हबले मोबाइल मेलामा अहिलेसम्मकै सस्तो मूल्यमा सेवाग्राहीलाई मोबाइल उपलब्ध गराउने भएको हो ।

फागुन १ देखि मोबाइल हबमा मोबाइल मेला सञ्चालन भैरहेको छ । मोबाइल मेलामा मोबाइल किन्नेलाई अहिलेसम्मकै सस्तो मूल्यमा मोबाइल बिक्री गर्ने व्यवस्था मिलाइएको मोबाइल हबका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले बताए ।

‘हामीले अहिलेसम्मकै सस्तो मूल्यमा मोबाइल किन्ने मौका दिएका छौं । यसबाट मोबाइल खरिद गर्न चाहने धेरैभन्दा धेरै सेवाग्राहीले फाइदा लिनुहुनेछ भन्ने विश्वास मोबाइल हबले लिएको छ,’ ग्लाइडरले भने ।

मेलामा मोबाइल किन्नेहरुको चाप बढेपछि धेरैभन्दा धेरै जनालाई यो योजनामा सहभागी गराउने लक्ष्य मोबाइल हबले लिएको छ । सस्तोमा मोबाइल किनेपछि पनि हातखाली नजाने उपहार योजनाबाट सेवाग्राहीले दोहोरो फाइदालिन सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *