कांग्रेस पहिलो, एमाले दोस्रो: कुन स्थानीय तहमा कसले जिते ? (सूचीसहित)

Posted On    Author    Category राजनीति.

२ जेठ, काठमाडौं । बैशाख ३१ गते सम्पन्न प्रथम चरणको चुनावको अन्तिम परिणाम धमाधम आउन थालेको छ । २३ स्थानीय तहको नतिजा हेर्दा कांग्रेस पहिलो र एमाले दोस्रो स्थानमा विजेता बनेका छन् ।

२३ स्थानीय तहमध्ये नेपाली कांग्रेसले ९ स्थानमा जित हात पारेको छ भने एमालेले ७ स्थानमा जितेको छ ।
त्यस्तै माओवादी अहिलेसम्म ६ स्थानमा जितेको छ । स्वतन्त्र उम्मेदवारले एउटा स्थानीय तहको अध्यक्षमा जितेका छन् ।

मतगणना असाध्यै ढिलो भए पनि मंगलबार बिहानदेखि विभिन्न नगरपालिका र गाउँपालिकाको परिणाम आउने क्रम सुरु भएको छ । मंगलबार बिहान साढे ११ बजेसम्मको नतिजा अनुसार देशभरिका २३ वटा स्थानीय तहमा मतगणना सकिएको हो ।

हालसम्मको नतिजा यस्तो छ-

कांग्रेसले जितेका स्थानीय तह

कुशे गाउँपालिका, जाजरकोट
बुङदीकाली गाउँपालिका, नवलपरासी
तमानखोला गाउँपालिका, बाग्लुङ
नाशोङ गाउँपालिका, मनाङ
नार्फु गाउँपालिका, मनाङ
बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका, मुस्ताङ
थासाङ गाउँपालिका, मुस्ताङ
लोमन्थाङ गाउँपालिका, मुस्ताङ
डुंगेश्वर गाउँपालिका, दैलेख

एमालेले जितेका स्थानीय तह:

शे–फोक्शुण्डो गाउँपालिका, डोल्पा
ठूली भेरी नगरपालिका, डोल्पा
काइके गाउँपालिका, डोल्पा
शिवालय गाउँपालिका, जाजरकोट
चामे गाउँपालिका, मनाङ
नेस्याङ गाउँपालिका, मनाङ
घरपझोङ गाउँपालिका, मनाङ

माओवादी केन्द्रले जितेका स्थानीय तह:

मुड्केचुला गाउँपालिका, डोल्पा
जगदुल्ला गाउँपालिका, डोल्पा
गुठचौर गाउँपालिका, जुम्ला
हिमा गाउँपालिका, जुम्ला
सान्नी त्रिवेणी गाउँपालिका कालिकोट
सानीभेरी गाउँपालिका, रुकुम

स्वतन्त्रले जितेको स्थानीय तह:

तेञ्जोङ छिरिङ, मुस्ताङ

कहाँ कसले कति मत ल्याए ?

नेपाली कांग्रेस

नवलपरासीको बुङ्दिकाली गाउँपालिका अध्यक्षमा कांग्रेसका दुर्गाबहादुर राना विजयी भएका छन् । उनले ३ हजार १९१ मत पाएका छन् । यसैगरी उपाध्यक्षमा एमालेकी डिलकुमारी सारुमगर ३ हजार १ मतहित विजयी भएकी छन् ।

मनाङको नार्फू गाउँपालिका अध्यक्षमा कांग्रेसका मिङ्मा छिरिङ लामा निर्विरोध निर्वाचित भएका छन् ।

मनाङको नाशोङ गाउँपालिका अध्यक्षमा पनि कांग्रेसका चन्द्र घले निर्वाचित भएका छन् । उपाध्यक्षमा कांग्रेसकै कोमलमाया गुरुङ विजयी भएका छन् ।

मुस्ताङको लोमानथाङ गाउँपालिका अध्यक्षमा कांग्रेसका सुवर्णकुमार विष्ट ६०३ मतसहित विजयी भएका छन् ।

मुस्ताङको थासाङ गाउँपालिका अध्यक्षमा कांग्रेसका बुद्धि शेरचन ७२८ मतसहित विजयी भएका छन् । उपाध्यक्षमा कांग्रेसकै बालकुमारी शेरचन ७२४ मतसहित विजयी भएकी छन् ।

मुस्ताङको बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्षमा कांग्रेसका फेन्चोकछेसे गुरुङ विजयी भएका छन् । गुरुङले ६५४ मत पाएका छन् ।

बागलुङको तमानखोला गाउँपालिका अध्यक्षमा कांग्रेसका जोकलाल बुढा विजयी भएका छन् । उनले २२१९ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका सुरेश श्रीपाइलीले १ हजार २६९ मत पाए । उपाध्यक्षमा कांग्रेसकै मानसरी शेरचन २११५ मतसहित निर्वाचित भएकी छन् ।

जाजरकोटको कुशे गाउँपालिकाको अध्यक्षमा कांग्रेसका हरिचन्द्र बस्नेत विजयी भएका छन् ।

दैलेखको डुंगेश्वर गाउँपालिकामा नेपाली कांग्रेसले बिजय हासिल गरेको छ । नेपाली कांग्रेसका नगेन्द्रवहादुर मल्ल २ हजार ७८७ मतका साथ विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मानबहादुर विष्टले २ हजार ६६९ मत प्राप्त गरेका छन् ।

त्यस्तै, उपाध्यक्षमा पनि नेपाली कांग्रेसकै सीता ज्ञवाली २ हजार ६२८ मत प्राप्त गरी बिजयी भएकी छन् । निकटतम प्रतिद्वन्द्वी कलावती न्यौपाने २ हजार ६१८ मत प्राप्त गरेर पराजित भएकी छन् ।

नेकपा एमाले

जाजरकोटको शिवालय गाउँपालिकामा एमालेका नरेन्द्रकुमार शाही विजयी भएका छन् ।

शाहीले २ हजार ७३ मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खड्बहादुर बिसीले १ हजार ८३३ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा पनि एमालेकै कुमारी थापाले २ हजार ६३ मतका साथ विजय हासिल गरेकी छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी गीताकुमारी शाहीले १ हजार ८१२ मत प्राप्त गरेकी छन् ।

मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्षमा एमालेका आशबहादुर थकाली ४५४ मतसहित विजयी भएका छन् ।

यसैगरी डोल्पाको काइके गाउँपालिकाको अध्यक्षमा एमालेका अंगद राना ९२० मतसहित विजयी भएका छन् ।

यसैगरी एमाले डोल्पाको शे-फोक्सुण्डो गाउँपालिकामा पनि विजयी भएको छ । शेफोक्सुण्डोमा एमालेका तसी तुण्डुक गुरुङ र उपप्रमुखमा स्वतन्त्रबाट धावा गुरुङ विजयी भएका छन् ।

डोल्पाको ठूलीभेरीमा एमालेका गणेशबहादुर शाही १ हजार ४७३ मतसहित विजयी भएका छन् ।

मनाङको नेश्याङ गाउँपालिका अध्यक्षमा एमालेका कान्छा घले विजयी भएका छन् । उनले ६२७ मत पाएका छन् ।

मनाङको चामे गाउँपालिकामा एमालेका लोकेन्द्रबहादुर घले २१४ मत पाएर विजयी भएका छन् । कांग्रेसकी अनिता लामाले १७३ मत पाइन् ।

माओवादी केन्द्र

माओवादीले डोल्पाका दुई, जुम्लाका दुई र कालीकोटको एउटा स्थानीय तह जितेको छ ।

जुम्लाको गुठीचौरमा माओवादीका हरिबहादुर भण्डारी १५९६ मतसहित विजयी भएका छन् । जुम्लाकै हिमा गाउँपालिकामा माओवादीका रजबहादुर शाही १ हजा ३१७ मतसहित विजयी भएका छन् ।

यसैगरी डोल्पाको जगदुल्ला गाउँपालिकामा माओवादीका नरसिंह रोकाय विजयी भएका छन् । रोकायले ५५६ मत पाएका छन् । निकटतम प्रतिद्वन्द्वी एमालेका दलबहादुर महतराले ५३४ मत पाए ।

उपाध्यक्षमा माओवादीकै अमृता लामा ५५३ मतसहित विजयी भएकी छन् । निकटतम प्रतिद्वन्द्वी एमालेकी बुद्धकला बोहोराले ४३१ मत पाएकी छन् ।

डोल्पाको मुड्केचुला गाउँपालिका अध्यक्षमा माओवादीका दत्तबहादुर शाही विजयी भएका छन् । शाहीले ९३३ मत पाएका छन् । यसैगरी उपाध्यक्षमा एमालेकी सुविता रोकाय ९५९ मतसहित विजयी भएकी छन् ।

कालिकोटको सान्नीत्रिवेणी गाउँपालिकाको अध्यक्षमा माओवादीका डम्बर शाही विजयी भएका छन् ।

यस्तै रुकुमको सानीभेरी नगरपालिकाको अध्यक्षमा माओवादी केन्द्रका नरबहादुर पुनले ४६५० मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी कांग्रेसका गोरखबहादुर चन्दले २६४१ ल्याए ।

यस्तै, उपाध्यक्षमा पनि माओवादीकी इन्दिरा वली ४६६१ मत ल्याएर विजयी भएकी छन् भने उनकी प्रतिद्वन्द्वी कांग्रेसकी पुष्पा वलीले २६०३ मत प्राप्त गरेकी छन् ।

source onlinekhabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *