एसएलसीमा डि ग्रेड ल्याउनेको भर्नामा चर्को विवाद

Posted On    Author    Category शिक्षा.

काठमाडौं, वैशाख २ । प्रवेशिका परीक्षा (एसएलसी)मा ‘डि ग्रेड’ (३० देखि ४० प्रतिशत अंक ल्याउने) मा उत्तीर्ण हुने विद्यार्थीलाई उच्च शिक्षाको ढोका खोल्ने कि नखोल्ने भन्ने विषयमा शिक्षा मन्त्रालय र उच्च माध्यामिक शिक्षा परिषदबीच मै चर्को विवाद देखिएको छ । शिक्षा मन्त्रालयको प्रस्तावमा उच्च माध्यामिक शिक्षा परिषदले विरोध गरेपछि विवाद चर्किएको हो ।

‘सबै विद्यार्थी उत्तीर्ण हुने परीक्षा प्रणाली’ का रुपमा प्रचार गरिएको यो प्रणाली अन्तर्गत डि ग्रेड ल्याउनेलाई पनि उच्च माध्यामिक शिक्षाको ढोका खोल्नुपर्ने शिक्षा मन्त्रालयको भनाई छ । परिषदले भने गुणस्तर कायम गर्नुपर्ने भन्दै सी ग्रेड (४० प्रतिशत अंक ल्याउने) भन्दा माथिसम्मका विद्यार्थीलाई मात्र भर्ना लिने गृहकार्य अघि बढाएको छ ।

अघिल्लो वर्षसम्म अंकका आधारमा नतिजा सार्वजनिक हुँदा ३२ प्रतिशतसम्म अंक ल्याएर उत्तीर्ण हुनेले उच्च शिक्षाको अवसर पाउने गरेका थिए ।
–राजधानी दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *