उपत्यका मुनिकाे ग्यास, आकाशको फल!

Posted On    Author    Category सामाजिक.

ललितपुर—ललितपुरको हात्तिवन क्षेत्रमा बन्दै गरेका करिब ७० घरका सम्पूर्ण मजदुरको खाना दुई वर्षदेखि खनिज ग्यासमा पाक्दै आएको छ। पानीका लागि गाडिएको पाइपमा ग्याससमेत मिसिएर आएपछि हाल चुलो नै बनाएर खनिज ग्यासको प्रयोग गरिँदै आएको छ।

घर निर्माणमा संलग्न बर्दियाका श्रीराम चौधरीले पानीको पाइप गाड्दा ग्यास निस्किएको बताए। उनले ग्यासको प्रयोग दुई वर्षदेखि दिनरात गरिरहेको बताए। नमुना बस्ती नामक उक्त निर्माण स्थलका प्रमुख समय बज्राचार्यले ग्यास प्रयोगले मोटरसाइकलको इन्जिनसमेत चल्ने नागरिकन्युजलाई बताए। बज्राचार्यले प्रयोगका लागि ग्यासको पाइप मोटरसाइकलको इन्धन सप्लाईमा जोडेर इन्जिन चलाएको दाबी गरे। ‘ग्यास निस्किएपछि सरकारी अधिकारीहरूसमेत आएर हेर्नु भो, मिडियामा समेत कभरेज भयो, प्राविधिक पठाउने भनेको अहिलेसम्म आउनु भएन,’ बज्राचार्यले भने, ‘नमुनाबस्तीमा दुई वर्षदेखि सरकारी प्राविधिकको प्रतीक्षा भइरहेको छ।’

उपत्यकाको जमिनमुनि ग्यास भएको आधिकारिक प्रतिवेदन ३६ वर्षअघि आएपछि उपत्यकाबासीको ग्यास प्रयोग गर्ने चाहना निरन्तर छ।

काठमाडौं उपत्यकामा नुमना बस्तीमा मात्र होइन अन्य दुई दर्जन स्थानमा यसरी नै ग्यास निस्किएपछि प्रयोग हुँदै आएको छ। देशमा नाकाबन्दीपछि इन्धनको चरम संकटबीच प्रधानमन्त्री केपी शर्मा ओलीले पाइपबाट घरघरमा ग्यास पु¥याउने उद्घोष गरेका थिए। त्यस्तै उद्योगमन्त्री सोमनाथ पाण्डेले ग्यासको भण्डार रहेको स्थानमा स्थलगत भ्रमणपछि यस क्षेत्रमा रहेको खनिज ग्यास एक पटक फेरि चर्चामा छ।

source nagariknews

Leave a Reply

Your email address will not be published. Required fields are marked *