इन्धनको मूल्य ५५ रुपैयाँले घट्यो, आजबाट लागु हुने

Posted On    Author    Category अर्थ.

अन्तराष्ट्रिय बजारमा तेलको मुल्य घटेकाले नेपालमा पनि सोहिअनुसार समायोजन गर्नका लागि नेपाल आयल निगमले हवाइ इन्धनको मूल्य घटाएको छ, घटेको मूल्य आजैबाट लागु हुनेछ ।

हवाई इन्धनको मूल्य आन्तरिक उडानतर्फ प्रतिलिटर ५५ रुपैयाँ र अन्तराष्ट्रिय उडानतर्फ प्रतिकिलोलिटर पाँचसय ४९ डलर घटाएको छ । तर निगमले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य भने पहिलेकै अवस्थामा रहेको छ ।

यसअघि प्रतिलिटर हवाई इन्धन आन्तरिकको मूल्य एक सय ६४ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलो लिटर १५ सय ३० डलर थियो ।

source arthatantra

Leave a Reply

Your email address will not be published. Required fields are marked *