आयल निगमकै कर्मचारीमाथि कारबाही थाल्ने नेत्रविक्रम माओवादीको धम्की

Posted On    Author    Category राजनीति.

काठमाडौं, चैत १ । नेपाल आयल निगममा उच्चपदस्थ कर्मचारीको मिलेमतोमा पेट्रोलियम पदार्थमा कालोबजारी भैरहेको भन्दै नेत्रविक्रम चन्द नेतृत्वको माओवादीले सोमबार आयल निगमको केन्द्रीय कार्यालयमा धर्ना दिएको छ ।
काठमाडौंको माइतघरदेखि विरोधर्‍याली निकालेर बबरमहल पुगेका माओावदी कार्यकर्ताले निगमको कार्यालय अगाडि पुगेर आधाघन्टा धर्ना दिएका हुन् । र्यालीपछि आयोजित विरोधसभालाई सम्बोधन गर्दै माओवादीका नेताहरुले निगमकै उच्चतहमा बसेका व्यक्तिको संरक्षणमा कालाबजारीहरुले इन्धन आपूर्ति तथा वितरण कार्यलाई अस्तव्यस्त बताएको बताए । उनीहरुले बजारमा तत्काल आपूर्ति सहज तथा मूल्यबृद्धि नरोकिए निगमकै कर्मचारीहरुमाथि कारबाही थाल्ने चेतावनी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *