अवैध बाटो हुँदै दुबई पुगेको १२ महिला डिपोर्ट

Posted On    Author    Category सामाजिक.

पर्यटक भिसामा खाडी र मलेशिया जाने कामदारमाथि कडाई गरेपछि तस्करहरुले अवैध बाटो प्रयोग गर्न थालेका छन् । भारत हुँदै दुबई पुगेका १२ महिला मंगलबार डिपोर्ट भएर काठमाडौं फर्केपछि मानव तस्करीको पछिल्लो कदम खुलेको हो । स्रोतका अनुसार दुबईमा मात्रै झण्डै एक सयको हाराहारीमा नेपाली महिलाहरु अलपत्र परेका छन् ।

ति सबै भारतको बाटो हुँदै ‘सेटिङ’मा दुबई पुगेका छन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका एक अध्यागमन अधिकारीले भने, ‘काठमाडौंबाट जान कडाई गरेपछि अवैध बाटोको प्रयोग भएको देखिन्छ ।’

स्रोतका अनुसार भारतको बाटो हुँदै लगिएका महिलाहरुलाई दुबई ट्रान्जिट पारेर टिकट काटिएको देखिन्छ । तर मानव तस्करले त्यहीबाट घरेलु कामदारको रुपमा लैजाने योजना अनुसार काम भएको देखिन्छ ।

पर्यटक भिषामा जाने नेपाली महिला कामदारहरुलाई मानव तस्करहरुले बेच्ने र अलपत्र पार्ने क्रम बढेपछि काठमाडौंस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अध्यागमन शाखाले कडाई गरेको थियो । स्रोतले भन्यो, ‘काठमाडौंमा कडाई भएपछि तस्करहरुले भारतका विभिन्न विमानस्थलहरुमा सेटिङ मिलाएको देखिन्छ ।’

Source: ekantipur.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *