अब गाँउगाँउमा वाइफाई

Posted On    Author    Category सामाजिक.

सरकारले समग्र विकासका लागि गाँउगाँउमा वाइफाइ पुर्‍याउने भएको छ । संघीय मामिला तथा स्थानिय मन्त्रालयले भौतिक पूर्वधार ग्रामीण पर्यटक, शिक्षा, स्वास्य, गरिबी निवारण, रोजगारी प्रर्वद्धन र सुसासन जस्ता क्षेत्रको समग्र विकासको लागि वाइफाइ पुराउने भएको हो । ‘खासमा इन्टरनेट सेवा विस्तार गरी सबै नागरिक माझ पुराउनेकाम दुरसञ्चार प्राधिकरणको हो । तर स्थानिय विकास मन्त्रालयले लोमो समयदेखि दर्जन भन्दा बढी मन्त्रालयका काम गर्दै आएको छ ।’ मन्त्रालयका स्वात्त शासन समन्वय महाशाखाका प्रमुख रेश्मीराज पाण्डेले भने । ‘जनताको नजिकको सरकार भएकका कारण शिक्षा, स्वास्थ्य, विकास, संस्कृति र पर्यटन लगायतका कामसागै इनटरनेटलाई व्यापकता दिने सोच अघि बढाएको हो । प्राधिकरणको सहयोगमा गाउँगाउँमा वाइफाई पुर्‍याउन जुटेका हौ ।’ पाण्डेको भनार्इ छ ।

अन्नपूर्ण पोष्टबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *