एलपी ग्यासको आयात विस्तारै बढ्दै

Posted On    Author    Category अर्थ.

नाकाबन्दीपछि खस्किएको खाना पकाउने एलपी ग्यासको आयात विस्तारै बढ्दै गएको छ ।
पछिल्लो केही दिन यता भारतीय आयल कर्पोरेशन (आइओसी) ले मागको ५० प्रतिशत ग्यास दिन थालेको ग्यास उद्योगीले जानकारी दिए ।
नाकाबन्दीको १ सय दिनसम्म दैनिक औसत मागको ११ प्रतिशत मात्रै ग्यास भित्रिएको थियो । पुस महिनामा मागको झण्डै ३१ प्रतिशत ग्यास आयो ।
पछिल्लो एक सातामा भारतबाट मागको कुल मागको ५० प्रतिशतसम्म ग्यास आयात हुन थालेको नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष शिबप्रसाद घिमिरेले अनलाइनखबरलार्इ जानकारी दिए ।
‘पछिल्ला केही दिनमा आइओसीको ग्यासको लोडिङ बढाएको छ । अब विस्तारै सान्य उन्मुख हुन्छ भन्ने हाम्रो अपेक्षा हो’ घिमिरेले भने ।
उनका अनुसार अहिले भारतबाट झण्डै ४० बुलेट ग्यास भित्रिन थालेको छ । बरौनी रिफाइनरीले दैनिक २० देखि २२ वटासम्म बुलेटमा ग्यास लोड हुन्छ भने हल्दिया र मुथरा रिफाइनरीले पनि दैनिक १०/१० बुलेट भन्दा बढी बुलेटमा लोड दिएको संघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *