दुर्घटनामा तीन जनाको मृत्यु

Posted On    Author    Category सामाजिक.

यात्रुवहाक बसले विपरीत दिशाको मोटरसाइकललाई ठक्कर दिदा बुधबार साँझ शिवसताक्षी नगरपालिकामा दुई जनाको मृत्यु भएको छ ।

मे ७ प ४४४२ नम्बरको मोटरसाइकलका चालक शिवसताक्षी ८ का ३५ बर्षीय युवराज खरेल र पछाडी सवार २६ बर्षीया साबित्रा संग्रौलाको मृत्यु भएको हो । पूर्वपश्चिम राजमार्गअन्तर्ग पूर्व जाँदै गरेको मे १ ख २५३३ नम्बरको बसले वडा नं. ११ प्रणामी मन्दिर नजिक मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते उनीहरुको उपचारका क्रममा बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा राती मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।

यस्तै बुधबार राति ट्याक्टरबाट लडेर मोरङ उर्लाबारी ४ का १५ वर्षीय बिनोद खड्काको मृत्यु भएको छ । वडा नं. ५ व्यापार संघ अगाडि भित्री सडकमा को १ त ६९४४ नम्बरको ट्याक्टरबाट लडेर खड्का गम्भीर घाइते बनेका थिए । उपचारका क्रममा स्थानीय अरनिको अस्पतालमा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

खड्का सोही ट्याक्टरमा मजदुरी गर्ने गरेको प्रहरीले जनाएको छ ।

Source: ekantipur

Leave a Reply

Your email address will not be published. Required fields are marked *