
नेपालमा सञ्चालित रेष्टुरेन्टहरूले लिँदै आएको सेवा शुल्क खारेज गरेका छन्। रेष्टुरेन्ट व्यवसायीको संस्था रेष्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेबान)ले सोमबारको बैठकबाट सेवा शुल्क नलिने निर्णय गरेको हो। व्यापार तथा व्यवसायमा उपभोक्ताको लागत कम गर्न भन्दै यस्तो निर्णय गरिएको रेवानका अध्यक्ष प्रमोद जैसवालले जानकारी दिए। यसअघि रेष्टुरेन्ट तथा बारको बिलमा १० प्रतिशत सेवा शुल्क जोडिएर आउँथ्यो।… Read more »