सिक्नुहोस् सीप, सरकारले दिदैछ निःशुल्क तालिम (विज्ञापनसहित)

Posted by & filed under रोज्गार, व्यापार.

काठमाडौं – घरेलु तथा साना उद्योग विभागले इच्छुक नेपालीहरुको लागि निःशुल्क तालिम दिने भएको छ । घरेलु तथा साना उद्योग परिक्षण केन्द्रमा दिन लागेको तालिममा साधारण लेखपढ भएका पनि सहभागि हुन पाउने छन् । तलको विज्ञापन हेरी आफूलाई इच्छुक विषयमा तालिमका लागि तोकिएको सयममा आवेदन दिन सक्नुहुनेछ ।

राष्ट्रिय गीति संग्रह ‘मेरो माटो’ लोकार्पण

Posted by & filed under कला.

विन्ध्यवासिनी म्यूजिक प्रा.लि.ले बजारमा ल्याएको जुगल डंगोलको एकल संगीत रहेको उक्त एल्बम राष्ट्रिय नाचघरमा आयोजित एक कार्यक्रममा लोकार्पण गरिएको हो । उक्त राष्ट्रिय गीती–संग्रह ‘मेरो माटो’मा आठ ओटा गीतहरु समावेश गरिएको छ । कार्यक्रमका प्रमुख अतिथी वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीले सफलताको लागि शुभकामना ब्यक्त गर्दै गीतकै माध्यमबाट राष्ट्रिय भाव प्रष्फुटन गर्नसक्ने शक्ति माटोमा रहने… Read more »

गोदावरी न.पा. वार्ड न. 10 देखि रत्नपार्क सम्म बज्रबाराही यातायात सेवा

Posted by & filed under सामाजिक.

आज मिति 2074/4/7 गते सनिवारका दिन बाट गोदावरी न.पा. वार्ड न. 10 देखि रत्नपार्क सम्म बज्रबाराही यातायात सेवा समितिको बस संचालन हुने भएको छ । उक्त कार्यको औपचारिक उदघाट्न यस गोदावरी नगरपालिकाका मेयर श्री गजेन्द्र महर्जन ज्यु बाट भयो । साथै यस कार्यको महत्त्वपूर्ण पहल गरिदिनु भयेकोमा मेयर #गजेन्द्रमहर्जन लाई विशेष धन्यवाद तथा अन्य सबै… Read more »

झ्यालपाटी देखि थेच्वको भित्री भाग बुध्द पोखरी सम्म सरसफाई अभियान

Posted by & filed under कृषि, सामाजिक.

भोलि शनिवार ३१ गते राजकुलो शिल सरसफाई अन्तर्गत झ्यालपाटी देखि थेच्वको भित्री भाग त:ध पुखु (बुध्द प्रतिमा भएको पोखरी) सम्म थेच्वको #भलिं #पुच: सँगको सहकार्यमा हुन गईरहेको सरसफाई अभियानमा सम्पुर्ण थेच्वबासी र सबै सहयोगी हातहरूलाई सरसफाई अभियानमा सहभागी हुन अनुरोध गर्दछौं । धन्यवाद

सप्तरीमा प्रधानमन्त्री देउवाको अर्को काण्ड

Posted by & filed under राष्ट्रीय समाचार.

प्रधानमन्त्री शेरबहादुर देउवा कतिसम्म भुलक्कड छन् र हेलचेक्र्याई गर्छन भन्ने अर्को उदाहरण आज सप्तरीमा देखियो । असावधानीबस नै हुनसक्छ तर उनले जे गरे त्यसले आलोचना र खिसिट्यूरीको जारी क्रमलाई झनै बढाउने निश्चित छ । प्रधानमन्त्रीबाट त्यतिसम्मको कमजोरी हुनु अशोभनीय मात्रै होइन, हाँस्यास्पद पनि हो । Watch Video

निजी विद्यालयमा नर्स अनिवार्य

Posted by & filed under शिक्षा.

अबदेखि संस्थागत अर्थात् निजी विद्यालयहरूले प्राथमिक स्वास्थ्य सेवाका लागि अनिवार्य रुपले नर्सको व्यवस्था गर्नुपर्ने भएको छ । समझदारीपत्रमा प्याब्सनले स्कुल हाताभित्र गुलिया पेय पदार्थ र जंकफुड निषेध गर्ने, विद्यार्थीलाई दिवा खाजामा पोषिलो खानेकुरा पठाउन अभिभावकलाई प्रेरित गर्ने र हरेक विद्यार्थीलाई कुनै न कुनै खेलमा सहभागी गराउने जस्ता बुँदाहरू उल्लेख छन् । निजी विद्यालयहरूको छाता सङ्गठन,… Read more »

झ्यालपाटिको पल् पुखु (कमलको पोखरी) सफा गरी राजकुलो बाट पानी पठाउने काम सम्पन्न

Posted by & filed under कृषि.

आज झ्यालपाटिको पल् पुखु (कमलको पोखरी) सफा गरी राजकुलो बाट पानी पठाउने काम सम्पन्न भयो। आजको यस कार्य सफल बनाउन झ्यालपाटि योग साधना केन्द्र, झ्यालपाटि टोल सुधार समिति र सबै सहयोगी हातहरूलाई विशेष धन्यवाद दिन चाहन्छौं। यसरीनै राजनितिक पुर्वाग्र विना हातमा हात मिलाई कॉधमा कॉधमा कॉध मिलाई एक जुट भयौं भने हाम्रो गॉउ ठाउँ टोल… Read more »

महानगरीय प्रहरी बृत चापागाउमा महिला तथा बालबालिका सेवा केन्द्र समुदघाटन कार्यक्रम

Posted by & filed under सामाजिक.

चापागाउ – महानगरीय प्रहरी बृत चापागाउमा महिला तथा बालबालिका सेवा केन्द्र समुदघाटन कार्यक्रममा महानगरीय प्रहरी कार्यलय रानी पोखरीका प्रहरी नि आयुक्त DIG बम बहादुर भण्डारीको प्रमुख आतिथियमा उक्त कार्यक्रम भएको थियो