चापागाउँस्थित बज्रबाराही धार्मिक वनमा लाटोकोसेरो प्रजातिको दुर्लभ ‘मलाहा हुचिल’ देखिएको छ ।

Posted by & filed under Uncategorized, सामाजिक.

ललितपुर गोदावरी नपा–११ चापागाउँस्थित बज्रबाराही धार्मिक वनमा लाटोकोसेरो प्रजातिको दुर्लभ ‘मलाहा हुचिल’ देखिएको छ ।चराप्रेमी जय भण्डारीको क्यामरामा कैद हुचिल निकै आकर्षक लाग्दछ । ‘जादुगर’ चराले परिचित ‘मलाहा हुचिल’ लाटोकोसेरो प्रजातिको पक्षी हो । लुप्तप्राय: तर संरक्षित हुचिल जीव वैज्ञानिकलाई समेत चक्करमा पार्ने स्वभाव र क्षमताको हुन्छ । बोत्सवाना, मोजाम्बिक, दक्षिण अफ्रिका र एसियाका केही… Read more »

अब अनलाइनबाट १५ मिनेट भित्र पेन्सनपट्टा लिन सकिने

Posted by & filed under Uncategorized, टेक्नोलोजी.

online pension application in nepal

काठमाडौं । अब देखि निजामती सेवाका अवकाश प्राप्त कर्मचारीको अनलाइनबाट नै पेन्सनपट्टा तयार हुने भएको छ । सेवानिवृत्त कर्मचारीलाई पेन्सन लिन सहज बनाउने उद्देश्यले राष्ट्रिय किताबखाना (निजामती)ले मङ्गलबारदेखि ई–पेन्सन प्रणाली कार्यान्वयनमा ल्याएको छ ।  किताबखानाले सबै निजामती कर्मचारीको सेवा प्रवेश गरेदेखि अवकाश हुँदासम्मका सबै विवरणलाई अनलाइनमा समावेश गरेको र अब पेन्सनपट्टाका कामहरू अनलाइन मार्फत नै हुने जानकारी… Read more »

विश्वकप लाइभ दिने पाइरेटेड साइट ब्लक गर्न नपाउने

Posted by & filed under खेल, टेक्नोलोजी.

काठमाडौं । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले विश्वकप फुटबल प्रसारण सम्बन्धी आफ्नो निर्णय सच्याएको छ । प्राधिकरणले मुलुकी ऐनले रोक नलगाएका विषय तथा सामग्रीमाथि प्रतिबन्ध लगाउने अधिकार आफूमा नरहेको भन्दै हतारमा गरिएको निर्णय उल्टाएको हो । प्राधिकरणका एक अधिकारीले प्राधिकरणले गरेको निर्णय अधिकार क्षेत्रभन्दा बाहिर रहेको पाइएपछि सच्याइएको बताए । “मिडिया हबले विश्वकप लाइभ प्रसारण अधिकार… Read more »

विश्वकपमा साउदी अरेबियाको ऐतिहासिक जित, अर्जेन्टिना स्तब्ध

Posted by & filed under Uncategorized, खेल.

६ मंसिर, काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत मंगलबार भएको समूह ‘सी’ को खेलमा कतारको छिमेकी साउदी अरेबियाले दुई पटकको च्याम्पियन अर्जेन्टिनालाई २–१ ले स्तब्ध पारेको छ । साउदीले एक गोलले पछि परेको स्थिति उल्टाउँदै अर्जेन्टिनामाथि शानदार जितसहित विश्वकप सुरु गरेको हो । उपाधिको मुख्य दाबेदार रहेको अर्जेन्टिनाले भने पहिलो खेलमै पराजय भोग्नुप¥यो… Read more »

ललितपुर ३ मा पम्फाको हार निश्चित, तोसिमाको बलियो सम्भावना

Posted by & filed under राजनीति.

toshima karki

४ मंसिर, काठमाडौं । ऊर्जामन्त्री तथा ललितपुर–३ कि सत्ता गठबन्धन उम्मेदवार पम्फा भुसालको हार निश्चित देखिएको छ । यसअघि सोही क्षेत्रबाट जितेकी माओवादी केन्द्रकी नेतृ भुसाल यसपल्ट कमजोर देखिँदै गर्दा यो क्षेत्रले राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीलाई नयाँ सांसदका रुपमा पाउने बलियो सम्भावना देखाएको छ । अनलाइनखबरले ललितपुर-३ का भित्री शहरका घना बस्ती,… Read more »

आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन फ्लाइट

Posted by & filed under Uncategorized, राष्ट्रीय समाचार.

५ मंसिर, काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा जडान उपकरणहरुको क्षमता परीक्षण गर्न सोमबारदेखि क्यालिब्रेसन उडान सुरु हुँदैछ । यसका लागि एरो थाईको जहाज शनिबार नै पोखरा पुगेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले ५ मंसिर (२१ नोभेम्बर)देखि ११ मंसिर (२७ नोभेम्बर)सम्म पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण उडान गर्ने तालिका स्वीकृत गरेको हो । यो… Read more »

राष्ट्रिय स्वतन्त्र पार्टीको टक्कर एमालेसँग

Posted by & filed under Uncategorized, राजनीति, राष्ट्रीय समाचार.

Nepal election 2079

५ मंसिर, काठमाडौं । सोमबार अपराह्नसम्म ६२ स्थानमा मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीले विभिन्न ८ स्थानमा अग्रता लिएको छ । संयोग नै मान्नुपर्छ, ती सबै ठाउँमा उसका निकटतम प्रतिस्पर्धी अरु होइन, नेकपा एमालेका उम्मेदवार छन् । काठमाडौं-२ मा सोविता गौतमको प्रतिस्पर्धा एमाले उम्मेदवार मणिराम फूयालसँग छ । काठमाडौं–६ मा शिशिर खनालले एमाले उम्मेदवार सर्वेन्द्र खनालसँग… Read more »

ठेचोमा अवस्थित सरस्वती माध्यमिक विद्यालयमा शिक्षकहरु बीच आपसी किचलो, दशैं तिहारमा समेत तलब पाएनन्

Posted by & filed under शिक्षा, सामाजिक.

ललितपुर । गोदावरी नगरपालिका वडा – १२ ठेचोमा अवस्थित सरस्वती माध्यमिक विद्यालयमा शिक्षकहरु बीचमा आपसी झगडा को कुरा बाहिरीएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र महर्जनले शिक्षक नै द्वन्द्वतिर लागेपछि विद्यार्थीहरुले कस्तो शिक्षा पाउलान् भन्ने प्रश्न उठ्नु स्वभाविक रहेको भन्दै आफूले पुलको भूमिका निर्वाह गर्ने हुँदा विद्यालयको यो समस्याको समाधान खोजिरहेको बताउँछन् । प्राय… Read more »