आज सुनाकोठी, ठेचो, चापागाँउ, लेले, झरुवाराशीमा विद्युत बन्द

Posted by & filed under सामाजिक.

१० फागुन २०७५ | शनिबार मध्य तथा दक्षिण ललितपुरमा विद्युत् सेवा बन्द हुने भएको छ । लगनखेलदेखि सातदोबाटोसम्म विजुलीको नयाँ लाइन तान्नका लागि विद्युत कटौती हुन लागेको हो । नेपाल विद्युत् प्राधिकरणको पाटन वितराण केन्द्रले जारी गरेको सूचना अनुसार विहान १० बजेबाट साँझ ६ बजेसम्म विजुली बन्द हुने छ । शनिबारका दिन परेकाले कार्यालयको काममा असर… Read more »

नक्कली विवाह गरेर अस्ट्रेलिया जानेको कथा यस्तो छ

Posted by & filed under सामाजिक.

पछिल्लो समय नेपालीहरूका लागि अध्ययनका लागि आकर्षक गन्तब्य बन्दै आएको अस्ट्रेलिया जान गर्ने नक्कली बिबाहमा आधारित सिनेमा ‘कागजपत्र’को ट्रेलर सार्वजनिक गरिएको छ ।बुधबार काठमाडौंमा आयोजीत एक कार्यक्रमका विच सिनेमाको ट्रेलर सार्वजनिक गरिएको हो । सिनेमाको सार्वजनिक ट्रेलरमा मुख्य कलाकार नाजिर हुसेन, शिल्पा मास्के, भोलाराज सापकोटा, सरिता गिरी, लोकेन्द्र लेखक, लक्ष्मी वर्देवा, जीवन भट्टराई आरजेस रेग्मी… Read more »

ललितपुर नख्खु डोलस्थित कार्पेट गोदाममा आगलागी

Posted by & filed under सामाजिक.

lalitpur nakhu aaglagi

नख्खु ललितपुर | २८ माघ २०७५ ललितपुर नख्खु डोलस्थित कार्पेट गोदाममा आगलागी भएको छ । आगलागी हुँदा घरको छतबाट आगोको लप्का बाहिर निस्किरहेको एक प्रत्यक्षदर्शीले बताएका छन् । एक स्थानीयका अनुसार त्यहा जान सम्भव छैन । आगलागीबाट मानविय क्षति पनि हुनसक्ने आशंका गरिए पनि पुष्टि भने हुन सकेको छैन ।  

आजदेखि रेष्टुरेन्ट र बारमा १० प्रतिशत सेवा शुल्क तिर्नु नपर्ने

Posted by & filed under Uncategorized, अर्थ.

नेपालमा सञ्चालित रेष्टुरेन्टहरूले लिँदै आएको सेवा शुल्क खारेज गरेका छन्। रेष्टुरेन्ट व्यवसायीको संस्था रेष्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेबान)ले सोमबारको बैठकबाट सेवा शुल्क नलिने निर्णय गरेको हो। व्यापार तथा व्यवसायमा उपभोक्ताको लागत कम गर्न भन्दै यस्तो निर्णय गरिएको रेवानका अध्यक्ष प्रमोद जैसवालले जानकारी दिए। यसअघि रेष्टुरेन्ट तथा बारको बिलमा १० प्रतिशत सेवा शुल्क जोडिएर आउँथ्यो।… Read more »

महिलालाई साढे २ प्रतिशत व्याजमा १५ लाखसम्म ऋण, राष्ट्रिय वाणिज्य बैंकमा धमाधम आवेदन

Posted by & filed under व्यापार.

बाँके, खजुराकी लक्ष्मीकुमारी केसीले एक महिनाअघि सहुलियत व्याजको ऋण लिन राष्ट्रिय वाणिज्य बैंकमा आवेदन दिइन्। महिलालाई व्यवसाय गर्न सस्तो व्याजमा ऋण पाइने थाहा पाएपछि उनले आफूले सञ्चालन गर्दै आएको लक्ष्मी टेलर्स एन्ड ब्युटीपार्लरमै लगानी थप्ने निधो गरेकी हुन्। आवेदन दिएको केही सातामै उनको आठ लाख रुपैयाँ ऋण स्वीकृत भयो। उक्त रकमबाट अन्य महिलाहरूलाई सिलाइबुनाइ तथा… Read more »

शाहिद अफ्रिदीको २३ वर्ष पुरानो कीर्तिमान रोहित पौडेलले तोडे

Posted by & filed under खेल.

पाकिस्तानी खेलाडी शाहिद अफ्रिदीले २३ वर्ष  अगाडि बनाएको कीर्तिमान नेपाली खेलाडी रोहित पौडेलले तोडेका छन्। अफ्रिदीको नाममा रहेको एकदिवसीय अन्तर्राष्ट्रियमा सबैभन्दा कम उमेरमा अर्धशतक पुरा गर्ने खेलाडीको कीर्तिमान पौडेलले आफ्नो नाममा लेखाएका हुन्। युएईविरूद्ध जारी एकदिवसीय सिरिज अन्तर्गत दोस्रो खेलमा नेपालका लागि सातौ नम्बरमा ब्याटिङ गर्न आएका पौडेलले अर्धसतक पुर्‍याउँदै उक्त कीर्तिमान बनाएका हुन्। उनले… Read more »

बाइक सेयरिङ ‘टुटल’ र ‘पठाओ’मा प्रमको चासो, यातायात मन्त्रीलाई निर्देशन- तुरुन्त पहिले जस्तै चल्न दिनू

Posted by & filed under सामाजिक.

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले निजी मोटरसाइकल प्रयोगकर्ताहरुले प्रविधिको प्रयोग गरी भाडामा यात्रु बोक्न रोक लगाइएको प्रति चासो व्यक्त गरेका छन्। राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकपछि प्रधानमन्त्री केपी शर्मा ओलीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई तुरुन्त पहिले झैँ चल्न दिन निर्देशन दिएका हुन्। प्रधानमन्त्री निकट स्रोतका अनुसार प्रम ओलीले मन्त्री महासेठलाई… Read more »

लोकसेवाले माग्यो १९१ नायब सुब्बा

Posted by & filed under सामाजिक.

काठमाडौं – लोक सेवा आयोगले विज्ञापन प्रकाशित गर्दै देशका विभिन्न कार्यालयमा १९१ जना नायब सुब्बाका लागि आवेदन दिने सूचना प्रकाशित गरेको छ । लोकसेवाले माघ १५ गतेसम्मको म्याद दिएर दरखास्त माग गरेको हो । आयोगद्वारा प्रकाशित गरेको सूचनामा धनकुटा कार्यालय, जलेश्वर कार्यालय, काठमाडौं कार्यालय, पोखरा कार्यालय, बुटवल कार्यालय, सुर्खेत कार्यालय, दिपायल कार्यालयमा विभिन्न पदमा रोजगारीको… Read more »