साउन २९, काठमाडौं । नेत्रबिक्रम चन्द बिप्लवले आफ्ना प्रवक्ता सहित कार्यकर्ता गिरफ्तार गरेको भन्दै आज नेपाल बन्दको आह्वान गरेको छ । देशको विभिन्न भागमा हिजो अस्ति देखिनै छिटफुट घटना घट्न थाले पनि काठमाडौंमा त्यस्तो कुनै घटना घटेको छैन ।
काठमाडौं सतुंगलमा बमको आशंका,सवारी साधन अस्तब्यस्त (तस्विर – सहित)
काठमाडौंमा हिजो अस्तिको जस्तो गाडीहरु चलेको छैन । कलेज जाने विद्यार्थीहरु अन्योलमा छन । काठमाडौ उपत्यकामा सुरक्षाको बाक्लो उपस्थिति छ ।सादा पोशाकमा पनि त्यतिकै मात्रामा सुरक्षा खटाईएको जानकारी प्राप्त भएको छ ।
भक्तपुरको लोकन्थलीमा शंकास्पद वस्तु देखिएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । मंगलबार बिहान लोकन्थलीमा रहेको सिद्धार्थ पेट्रोलपम्पबाट भित्र छिर्ने सर्भिस ट्र्याकमा रातो प्लाष्टिकको झोलाभित्र प्रेसरकुकर देखिएपछि नेपाली सेना र नेपाल प्रहरीले सुरक्षा कडा पारेका हुन् ।

स्थानीयले उक्त कुकर बम हुन सक्ने भन्दै सुरक्षा निकायलाई खबर गरेका थिए। खबर पाएपछि नेपाली सेना र नेपाल प्रहरी घटनास्थल आइपुगेका छन् । उक्त सर्भिस ट्र्याक हुँदै आवतजावत गर्ने सवारी साधन र बटुवालाई समेत हिँडडुलमा रोक लगाइएको छ ।
मंगलबार सरकारले आफ्नो नेता पक्राउ गरेको विरोधमा नेपाल कम्युनिष्ट पार्टी, विप्लव समूहले नेपाल बन्दको आयोजना गरेको छ। बन्दले बिहानको जनजीवन सामान्य प्रभावित भएको छ। बिहान सञ्चालन हुने नीजि कलेजहरु बन्द भएका छन् । कतिपय विद्यार्थी तथा शिक्षकलाई बन्दबारे जानकारी नहुँदा कलेज पुगेर फर्केका छन् ।
भक्तपुरको लोकन्थलीमा पनि बम भेटिएको आशंका, एकाएक सुरक्षा कडा
काठमाडौंको सतुंगलसँगै भक्तपुरको लोकन्थलीमा शंकास्पद वस्तु अर्थात बम भेटिएको आशंक गरिएको छ । मंगलबार बिहान लोकन्थलीमा सिद्धार्थ पेट्रोलपम्प नजिकै यस्तो बस्तु देखिएको हो । उक्त क्षेत्रमा नेपाली सेना र नेपाल प्रहरीले सुरक्षा दिएको छ ।
source : newsabhiyan.com









Leave a Reply