पत्रकार रवि लामिछाने विरुद्ध फेरी अर्को मुद्धा दर्ता भएको छ । पत्रकार आचार संहिता विपरित काम गरेको भन्दै मिडिया काउन्सिल समक्ष हदै सम्मको कार्बाहीको माग गर्दै कञ्चनपुरका पत्रकार खेम भण्डारीले मुद्धा दर्ता गराका हुन ।
भण्डारीले न्यूज- २४ मा सिधा कुरा जनतासँग कार्यक्रम चलाउँदै आएका लामिछानेले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त बलात्कार पछिको हत्याको विषयमा अतिरञ्जित गरेको भन्दै कार्बाहीको माग गरेका छन ।
THE GRAND OPENING @ LABIM MALL
Starting from 30th AUG to 4th SEPT
SPECIAL 30% DISCOUNT
यता कार्यक्रमका प्रस्तोता लामिछाने सोमबार मात्र ११ दिनको प्रहरी अनुसन्धान पछि चितवन जिल्ला अदालतको आदेश ५ लाख धरौटी बुझाएर छुटेका हुन ।
पत्रकार पुडासैनी मृत्यु प्रकरणमा अदालतले चाहेको समयमा उपस्थित हुनु सर्त सहित उनी हिरासत मुक्त भएका थिए । पत्रकार भण्डारीले मिडिया काउन्सीलमा मुद्धा दर्ता गरे पश्चात कार्यक्रम प्रस्तोता लामिछाने थप संकटमा परेका छन ।
Source: kathmandutoday.com
Leave a Reply