८ चैत, बेइजिङ । नेपालले चीनको कुनै पनि भूभागमा आफ्नो बैंकको शाखा विस्तार गर्न पाउने भएको छ । त्यसैगरी चीनले पनि नेपालमा आफ्नो बैंकको शाखा विस्तार गर्न पाउने भएको छ ।
चीन र नेपालवीच बैंकको शाखा विस्तार गर्न पाउने एमओयु भएपछि यसले दुई देशको आर्थिक विकास एवं साझेदारीमा महत्वपूर्ण योगदान पुर्याउने सरकारी अधिकारीको दाबी छ ।
सोमबार बेइजिङमा दुई देशवीच बैंकको शाखा विस्तार गर्न पाउने सहमतिबारे हस्ताक्षर भएको नेपाल राष्ट्र बैंकका गभर्नर डा. चीरञ्जीवी नेपालले अनलाइनखबरलाई जानकारी दिए । गर्भनर नेपालले अनलाइनखबरसँग भने- ‘यो निकै महत्वपूर्ण उपलब्धि हो, अब चीनले नेपालमा आफ्नो बैंकको शाखा खोल्न पाउँछ र नेपालले पनि चाह्यो भने चीनमा बैंकको शाखा विस्तार गर्न सक्छ ।
नेपालका विकास परियोजनाहरुमा महत्वपूर्ण भूमिका खेल्दै आएको चीनले अहिलेसम्म नेपालमा आफ्नो बैंकको शाखा खोलेको छैन । तर, अब चीनले नेपालमा शाखा खोल्न सक्ने गरी दुईदेशवीच समझदारीपत्र (एमओयु) मा हस्ताक्षर भएको गभर्नर नेपालले अनलाइनखबरलाई बताए ।
साथै यो एमयोयुले दुई देशवीच देखा पर्ने वित्तीय संकट व्यवस्थापनमा समेत सकारात्मक सहयोग गर्ने र नियमनसम्बन्धी सूचनाहरु आदान- प्रदान गर्न बाटो खुल्ला भएको डा. नेपालले अनलाइनखबरलाई बताए ।
source online khabar
Leave a Reply