‘नगेन्द्रप्रसाद–आशालता रिजाल ज्ञानविज्ञान पुरस्कार’ यस वर्ष वरिष्ठ आँखा चिकित्सक डा. सन्दुक रूइतलाई प्रदान गरिएको छ।
नगेन्द्रप्रसाद–आशालता रिजाल प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्दै आएको १ लाख रुपैयाँ राशिको उक्त पुरस्कार बिहीबार विराटनगरमा एक कार्यक्रमको आयोजना गरी डा. सन्दुक रुइतलाई प्रदान गरिएको हो।
यसैगरी १ लाख रुपैयाँ राशिकै नगेन्द्रप्रसाद–आशालता रिजाल शिक्षा पुरस्कार शंकराचार्य पीठवेदवेदाङ्ग संस्कृत पाठशाला झापालाई प्रदान गरिएको छ।
यसैगरी १ लाख रुपैयाँ राशिकै नगेन्द्रप्रसाद–आशालता रिजाल शिक्षा पुरस्कार शंकराचार्य पीठवेदवेदाङ्ग संस्कृत पाठशाला झापालाई प्रदान गरिएको छ।
कार्यक्रममा कोशी प्रदेशका प्रमुख परशुराम खापुङ्ग, प्रतिष्ठानकी अध्यक्ष इन्दिरा रिजाल लगायतले सो पुरस्कार प्रदान गरेका थिए। प्रतिष्ठानले भाषा, साहित्य, कला, ज्ञानविज्ञान तथा धर्म संस्कृति एवम् शिक्षाका क्षेत्रमा विशिष्ट योगदान प्रदान गर्ने व्यक्ति र संस्थालाई बर्सेनि सम्मान तथा पुरस्कार प्रदान गर्दै आएको छ।
पूर्व प्रधानमन्त्री स्वर्गीय नगेन्द्रप्रसाद रिजाल तथा उनकी धर्मपत्नी आशालता रिजालको सम्मानमा उनका परिवारजनले सो प्रतिष्ठान स्थापना गरेका हुन्।
कार्यक्रमलाई सम्बोधन गर्दै कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराक खापुङले नेपाल विविधतापूर्ण देश भएको र यहाँ विविध धर्म, संस्कृति, परम्परा र रीतिरिवाज भएका कारण साम्प्रदायिक सद्भाव, धार्मिक सहिष्णुता,आपसी एकता र भाइचराको सम्बन्धलाई बढाउँदै लगे मात्रै देशको भलाई हुने बताए।
कार्यक्रममा पुरस्कृत व्यक्तित्व डा. सन्दुक रुइतले प्रतिष्ठानले गरेको सम्मानले अन्धोपना मुक्त पार्ने आफ्नो अभियानलाई थप हौसला मिलेको बताए।
Leave a Reply