गोदावरी नगरपालिका ५ लेलेमा मिलन सिलवालको टिम विजय जुलुस निकाल्दै
Posts Categorized: राजनीति
गोदावरी नगरपालिका ५ लेलेमा मिलन सिलवालको टिम विजय जुलुस निकाल्दै
गोदावरी नगरपालिकाको मतगणनामा लफडा, मतपेटिकामा दुलो भेटियो
काठमाडौं, जेठ ३– ललितपुरको गोदावरी नगरपालिकाको मतगणना कार्य अवरुद्ध बनेको छ । १२ नम्बर वडाको मतगणनाका क्रममा बुधबार बिहान ठेँचु मतदान केन्द्रको मतपेटिकामा दुलो भेटिएपनि विवाद उत्पन्न भएको बताइएको छ । पत्रकार महासंघ ललितपुरका कोषाध्यक्ष रामहरि कार्कीले एक मतपेटिकामा दुई बाई दुई इन्चको दुलो भेटिएसँगै स्थानीय राजनीतिक दलहरुको विरोधपछि मतगणना कार्य स्थगित भएको बताए ।… Read more »
कांग्रेस पहिलो, एमाले दोस्रो: कुन स्थानीय तहमा कसले जिते ? (सूचीसहित)
२ जेठ, काठमाडौं । बैशाख ३१ गते सम्पन्न प्रथम चरणको चुनावको अन्तिम परिणाम धमाधम आउन थालेको छ । २३ स्थानीय तहको नतिजा हेर्दा कांग्रेस पहिलो र एमाले दोस्रो स्थानमा विजेता बनेका छन् । २३ स्थानीय तहमध्ये नेपाली कांग्रेसले ९ स्थानमा जित हात पारेको छ भने एमालेले ७ स्थानमा जितेको छ । त्यस्तै माओवादी अहिलेसम्म ६… Read more »
प्रधानमन्त्री प्रचण्ड राजीनामाको तयारीमा

नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)बीच सहमति भएअनुसार जेठको तेस्रो साता नेपाली काँग्रेसको नेतृत्वमा नयाँ सरकार बन्ने सम्भावना देखिएको छ । प्रधानमन्त्री प्रचण्डले यसै साता पदबाट राजीनामा दिने र संवैधानिक प्रक्रियाअनुरूप जेठको तेस्रो सातासम्म नयाँ सरकार बन्नेछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन सरकार बन्दा भएको सहमतिअनुसार प्रमुख सत्ता साझेदार नेपाली काँग्रेसलाई नयाँ सरकार गठनका… Read more »
निर्वाचनका दिन १८ सय सुरक्षाकर्मी परिचालन गरिने
आगामी ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि भक्तपुरमा एकहजार आठसय सुरक्षाकर्मी परिचालन गरिने भएको छ । स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्णरुपमा सम्पन्न गर्ने लक्ष्यका साथ सुरक्षाको व्यवस्था गरिएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले जानकारी दिनुभयो । उहाँले नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी गरी एकहजार आठसय सुरक्षाकर्मी परिचालन गरिने बताउँदै नेपाली सेनाको टोली… Read more »
निर्वाचनमा सुरक्षा मजबुत

जिल्लामा स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै सुरक्षा समितिले तयार पारेको एकीकृत सुरक्षा योजनालाई पुनरावलोकन गर्दै सुरक्षा व्यवस्था मजबुत बनाइएको छ । यसअन्तर्गत जिल्लामा रहेका सातवटै तहको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानका कर्मचारी परिचालन भइसकेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख तथा प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो । जिल्लामा रहेका… Read more »
हस्ताक्षर सङ्कलन कार्यक्रममा निमन्त्रणा

माघ १७ गते ठिक विहान ८ बजे प्यांगगाउ बसपार्कमा *राजनिती स्थायित्वको लागि #प्रत्यक्ष #निर्वाचित #कार्यकारी #राष्ट्रपति र पुर्ण समानुपातिक ब्यबस्थापिका संसदको लागि हस्ताक्षर सङ्कलन कार्यक्रम उदघाटन हुने भएकोले सम्पुर्ण अभियन्ता र आमजनसमुदायहरुमा उपस्थितिको लागि हार्दिक अपिल गर्दछौं –नयाँ शक्ति पार्टी,नेपाल बज्रबाराही नगरपालिका ।
पाँच नम्बर प्रदेश टुक्र्याउन कांग्रेस सहमत
सत्तारुढ नेपाली कांग्रेसले पाँच नम्बर प्रदेश टुक्र्याउने विषयमा सहमति जनाएको छ। सोमबार बसेको पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले नवलपरासीदेखि बर्दियासम्मको छुट्टै प्रदेश बनाउन सहमति जनाएको हो। पाँच नम्बर प्रदेशबाट पहाडी जिल्ला झिकेर ६ र चार नम्बर प्रदेशमा गाभ्ने र बाँकी नवलपरासीदेखि बर्दियासम्मको छुट्टै प्रदेश बनाउने विषयमा सहमति भएको उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले जानकारी दिए।